annapurna add

लहान। सिरहामा सरकारी गाडीको दुरुपयोग बढेपनि सरोकारवाला निकाय उदासिन देखिएको छ ।

government vehiclesसरकारी सम्पति भनेपछि यो सरकारको हो जे गरेपनि हुन्छ , नियमन गर्ने निकाय नै सरकारी सम्पति गाडीको व्यापक दरुपयोग गरेको साेझै देखिन्छ ।

सरकारी गाडी अफिस जान आउनको लागी दिईएको हो तर वडा अध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ ।

लहान नगरपालिकाको वाडा नं. ३ का वडाध्यक्ष राम दायल महतोले सरकारी गाडी छठ घाटमा लगेको सहजै देख्न सकिन्छ ।

श्रोतका अनुसार सरकारी गाडीमा वडाध्यक्ष राम दायल महतो हैन चडेको उसका आफन्त चढेको बताए । यो एउटा मात्र हैन सिरहाको सरकारी कार्यालय तथा स्थानियतहहरुका सरकारी गाडी व्यापक रुपमा दुरुपयोग भएको देखिन्छ ।

विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ ।

त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ ।

यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...