annapurna add

nata mohशिशिर ढकाल । शाह वंशवाद र जहानियाँ राणाशासनविरुद्ध ज्यानकाे बाजी लगाएर संघर्ष गरेका लाेकतान्त्रिक र वामपन्थी नेताहरू सत्ता र शक्तिमा छाएका बेला भने उही प्रवृत्ति दाेहाेर्‍याइरहेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे पछिल्लाे निर्णय त एउटा दृष्टान्त मात्रै हाे ।

राजनीतिक नियुक्ति तथा अन्य अवसरमा नेपालका दलभित्र नातावाद झाँगिँदै गएको छ । शीर्षस्थ नेताहरूले अवसरमा श्रीमती, सासू, छोराछोरी, ज्वाइँ र सम्धीसम्मलाई नियुक्ति दिलाउने गरेका छन् । सिद्धान्तमा नातावादको चर्को विरोध गर्ने कम्युनिस्टदेखि कांग्रेस र मधेश केन्द्रित राजनीतिक दलहरूले नातावादलाई प्रश्रय दिइरहेका छन् ।

स्वास्थ्यमन्त्री ढकालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ कात्तिकदेखि लागू हुनेगरी आफ्ना बहिनीज्वाइँ सुमन पन्तलाई कानुनी सल्लाहकारका रूपमा नियुक्ति दिएका छन् । उनैले भतिजा जनक ढकाललाई पनि जनसम्पर्क अधिकृतका रूपमा नियुक्ति दिलाए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत ९ भदौमा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सम्धी उपेन्द्र कोइरालालाई नियुक्त गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्को विरोधसमेत भएको थियो । तर, त्यसलाई बेवास्ता गर्दै उपप्रधानमन्त्री पोखरेलले फेरि कदम चाले । आफ्ना नातेदार विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक बनाउन गृहमन्त्री रामबहादुर थापा (बादल) लाई बाइपास गरेर मन्त्रिपरिषद्मार्फत दरबन्दी थप्न लगाए ।

नेकपाका शीर्षस्थ नेताहरू केपी ओली, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतममा समेत नातामोह छ ।

नेकपाका अध्यक्ष तथा प्रधामन्त्री ओलीले अवसरमा साढुभाइदेखि भतिजासम्मलाई स्थान दिएका छन् । लामो समयदेखि ओलीको स्वकीय सचिवका रूपमा राजेश वज्राचार्य छन् । नाताले उनी ओलीका जेठी सासूका छोरा हुन् । ओलीले कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा आफ्ना साढुभाइ कर्णबहादुर थापालाई मन्त्री बनाएका थिए । थापाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका थिए ।

यस्तै, साली अञ्जान शाक्यलाई राजदूत बनाउँदा पनि ओलीले नातावादकाे आलोचना सहनुपरेको थियो । ओलीले एक टेलिभिजन अन्तर्वार्तामा उनीसँग कुनै साइनो नरहेको प्रष्टीकरण दिनुपरेकाे थियाे ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले अवसरमा भाइ, छोरी, बुहारीलाई स्थान दिएका छन् । प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुरको मेयरमा निर्वाचित गराइछाडे । भाइ महेश्वर दाहाललाई अस्ट्रेलियाको राजदूत नियुक्तिमा दबाब दिए । दाहाल त्यसअघि नेपाल टेलिभिजनको अध्यक्षसमेत भएका थिए । यता बुहारी बिना मगरलाई खानेपानीमन्त्री बनाए । शिलापत्रबाट..........

प्रकासित मिति

Loading...
Loading...

 

Loading...