annapurna add

kp oli news sagarmatha copyभारतीय टेलिभिजन जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम माउन्ट सिकदर राखिनु पर्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम माउन्ट सिकदर दिने अभियान थालेको हो ।

मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने टिप्पणीसहितको सामग्री प्रशारण गरेको हो । प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका जी न्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथा अर्थात माउन्ट एम्भरेष्टको नाम माउन्ट सिकदर राखिनु पर्ने उल्लेख गरेका हुन् ।

सरगमाथाले भारतीयलाई राष्ट्रवादको नयाँ उचाइमा लैजाने दाबी चौधरीले गरेका छन् । भारतीयले सगरमाथाको अवलोकन गर्नु पर्ने र त्यसले राष्ट्रवादको अलग भाव आउने उनले उल्लेख गरेका छन् । चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो ।

जी न्यूजमा मंगलबार राति प्रशारण भएको कार्यक्रम डिएनएमा चौधरीले भनेका छन्, ‘त्यहाँ उभिएर हामीले सगरमाथाको नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौँ ।’ भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनकै नाममा सगरमाथाको नामाकरण हुनु पर्ने चौधरीले दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजदेखि सुरू गर्छौँ। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो । संसारलाई सगरमाथाको उचाइ पहिलोपटक बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ ।’ सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीको राष्ट्रवाद अग्लो कि सगरमाथा भन्दै प्रश्न उठाएका छन् ।

उनले जी न्यूजको अभियानमा सोमेल हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन दर्शकलाई आह्वान समेत गरेका छन् । राधानाथ सिकदरबाट खोसिएको अधिकार दिलाउनका लाग आफू सगरमाथामा पुगेको दाबी गर्दै चौधरीले नाम परिवर्तन गरि माउन्ट सिकदर राखिनु पर्ने र पूरै विश्वसामु सगरमाथामा आफ्नो दाबी भारतले ‘ठोक्नु’ पर्ने बताएका छन् ।

ओलीसँग अन्तर्वार्ता लिएलगत्तै भारतीय टेलिभिजन च्यानल जी न्युजले नेपालको स्वाभिमानमाथि अर्को धावा बोलेको छ । जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम नै परिवर्तन गर्ने अभियान घोषणा गरेको छ । उनले यो जी न्युजको ठूलो अभियान भएको समेत बताएका छन् ।

‘हामीले १७ हजार ५ सय फिटको उचाईमा पुगेर हामीले सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेका छौं’, उनले भनेका छन्, ‘यसको उचाई नाप्ने र यसबारेमा संसारलाई भन्ने काम भारतका गणितज्ञ राधानाथ सिकदरले गरेका थिए । तर अंग्रेजले सम्मान जर्ज एभरेस्टलाई दिएका थिए । जसले कहिल्यै पनि संसारको सबैभन्दा अग्लो हिमाल देखेका समेत थिएनन् ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...