annapurna add

P POLICEकाठमाडौ । नेपाल प्रहरीका एक बहालवाला प्रहरी नायब निरीक्षक(सई) नै ठेक्कापट्ठामा संलग्न रहेका छन् । धेरै प्रहरी कर्मचारीले अप्रत्यक्षरुपमा परिवारका सदस्यमार्फत् अर्को व्यापार व्यवसाय गर्दैआएका छन् । कतिले ट्राभल र कतिले विभिन्न ब्यवसाय गर्ने गरेका छन् ।

 धेरै प्रहरीले परिवारका अलावा नातेदारका नाममा व्यापार व्यवसाय गरिरहेका देखिन्छन् । प्रहरीका कति उच्च अधिकारीले ब्यापारीमार्फत् घरजग्गामा पनि लगानी गरेका छन् । तर प्रहरीको भण्डारका सई उमेश थापाले त आफैंले ठेक्काापट्टामा लगानी गरेको खुलासा भएको हो । प्रहरी मुख्यालयको भण्डार शाखामा कार्यरत रहेका थापा प्रहरीकै ठेक्कामा संलग्न रहेको स्रोतले बताएको छ । बहालवाला प्रहरी त्यसमाथि प्रहरी मुख्यालयको पनि ठेकेदारले सामान बुझाउने भण्डार शाखामा कार्यरत सई थापा नै प्रहरीकै सामान खरिदको ठेक्कामा संलग्न हुनुलाई आश्चर्य मानिएको छ ।

umesh thapa.jpgउमेश थापा

गत आर्थिक बर्षमा नेपाल प्रहरीले बीस हजार थान झुलको टेण्डर आव्हान गरेको थियो । प्रहरीले टेष्ट रिपोर्ट नेपाल गुणस्तर तथा नापतौल बिभागको मागेर सो टेण्डर गरेको थियो । उक्त टेण्डर युरेसिया नामक कम्पनी पाएको थियो । ठेकेदार राजन कडरिया र इन्द्र ओडारीले आधा–आधा सेयर रहनेगरी टेण्डर गर्ने सहमति शुरूमा भए पनि पछाडि जोडिए प्रहरी मुख्यालयको भण्डार शाखामा कार्यरत सई उमेश थापा । ओडारीसंग नजिकको सम्बन्ध भएका सई थापाले झुलको स्याम्पल पनि भण्डारबाट नै निकाली ओडारीलाई दिएको समेत खुलेको छ । भण्डारमा भएको सामान नै निकालेर दिएपछि गुणस्तर पास हुने भइहाल्यो ।

बिभागबाट पास भएको रिपोर्ट आएपछि युरेसियाले टेण्डर पायो । युरेसिया नामक कम्पनी राजन कडरियाको श्रीमतीको नाममा रहेको छ । सई उमेश थापा, इन्द्र ओडारी र राजन कडरिया झुलको साझेदारको रूपमा ठेक्कामा सामेल भएको स्रोतको दाबी छ । सई थापासँग कुराकानी र आर्थिक लगायतका सम्पूर्ण काम इन्द्र ओडारी मार्फत हुने गरेको थियो । ठेक्का पाएपछि युरेसियाले भण्डारमा सामान बुझायो । भण्डारले उक्त झुल टेष्ट गर्नका लागि नेपाल गुणस्तर तथा नापतौल बिभाग पठायो । तर तोकिएकोे समसीमाभित्र गुणस्तर बिभागले टेष्ट रिपोर्ट नदिएपछि प्रहरीले युरेसियाको टेण्डर रद्द गरी बैंक ग्यारेन्टी जफत गरी कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार ग¥यो ।

प्रहरीको पत्रपछि कम्पनी कालोसूचीमा परेको थियो । झुलको यो ठेक्कामा सई थापाले सत्र लाख रूपैयाँ साझेदारीमा लगानी गरेको अरू साझेदारले नै रहस्य खोलेका थिए । तर सामान नबुझाए पछि र कम्पनी कालोसूचीमा परेपछि अहिले साझेदारबीच झगडा चर्किएको छ । सई थापाले आफ्नो कारोवार र सम्पूर्ण डिलिङ इन्द्र ओडारीसंग गरे पनि गत कार्तिक २८ गते शुक्रबारका दिन अर्को साझेदार राजन कडरियाको घरमा पुगेर थर्काउदै लगानी गरेको रकम नपाए जे पनि गर्न सक्ने भनी धम्की दिएको कडरियाले भन्दै हिंडेका छन् । आफूलाई जागिरको मतलब नभएको र जे पनि गर्न सक्ने भन्दै घरमा आई थर्काएको कडरियाले गुनासो गर्ने गरेका छन् । सई उमेश थापा कडरिया कहाँ गएको सिसीटिभी फुटेज समेत रहेको स्रोतले बतायो ।

 सई थापा लामो समय प्रवन्धको खुद्रामा बसेका र त्यतिबेला पनि बिवादमा आउने गर्दथे । त्यसपछि लेखापाल भएर सिन्धुपाल्चोक , हेटौंडा गण हुदै ६ बर्षको अवधि सकिएपछि फेरि भण्डारमा ल्याइएका हुन् । सर्वेन्द्र खनालले ल्याएका प्रबन्धका इन्स्पेक्टर केशव गौतमले थापालाई भण्डारमा ल्याएका थिए । सधै अतिरिक्त आम्दानी हुने राम्रो ठाउँमा बसिरहन सफल यस्ता ठेकेदार सई थापालाई हालका आइजीपी शैलेश थापा क्षेत्रीले के गर्ने हुन् हेर्न बाँकी छ । सई थापा पूर्व प्रहरी निरीक्षक दिलबहादुर थापाका छोरा हुन् । प्रहरीमा पहिले हवल्दार पनि लेखापाल हुन्थे । दिलबहादुर थापा, खिला केसी यस्तै भाग्यमानी हुन् जो हवल्दार हँुदैदेखि लेखापाल भएर अकल्पनीय सम्पत्ति कमाएका छन् । तिनै मध्येका दिल बहादुरका छोरा हुन् सई उमेश थापा ।

यसैबीच, सई थाप झुलमा लगानी गरेको रकम उठाउनका लागि २०७७ कात्तिक ८ मा प्रहरीका ठेकेदार राजु थापाको लाजिम्पाटस्थित कार्यालयमा मिटिङ राख्न पुगेका थिए । राजु थापाले गत बर्ष १७ हजार थान झुलको ठेक्का पाएका थिए । उनले अघिल्लो बर्ष प्रहरीले गुणस्तर फेल भएको भनी नलिएको राजु कडरियाको थन्किएको २० हजार थानमध्येको झुल लिए । र, प्रहरीमा बुझाए । गुणस्तर तथा नापतौल विभागका अधिकृत किरण सुवेदीसँग सेटिङ गरी झुल पास गरे । भण्डारका डीएसपी मदन केसीले पनि उनलाई सहयोग गरे ।  कडरियाको फेल भएको झुल किनेर बुझाएका उनले त्यसबापत दिनुपर्ने कबोल गरेको सबै भुक्तानी दिएनन् । झुलको दिन्छु भनेकोमध्ये २६ लाख राजु थापाले कडरियालाई दिएनन् । सई थापाले कडरियाको झुल राजुले किनेको थाहा पाएपछि पैसा मागे । तर ठेकेदार कडरियाले राजुृले २६ लाख दिनु छ, त्यो रकम दिएपछि दिन्छु भने ।

 २०७७ मंसिर ८ गते राजन कडरिया, इन्द्र ओडारीलाई लिएर राजु थापाको लाजिम्पाटस्थित कार्यालयमा गए । सई थापाले आफूले राजन कडरियाको झुलमा १७ लाख लगानी गरेकाले त्यो रकम मागे । राजुले कडरियालाई दिनुपर्ने २६ लाख दिन नसक्ने कुरा राखे । सई थापाले राजु थापा र मित्र लामालाई उनीहरुले पाएको पन्चु कसरी बुझाउँदारहेछौं, कसरी भुक्तानी लिन्छौं, म भण्डारमै छु, हेरौंला भन्दै थर्काए । पन्चुको भुक्तानी नपाए सडकमा आउने भएपछि राजु र मित्र लामाले आत्तिए । कडरिया र राजु थापा अनि उमेश थापाबीच विवाद हुँदा झन्डै हात हालाहालकै अवस्था आएको थियो । बहालवाला सई नै ठेक्कापट्टामा संलग्न भएको र ठेकेदारका कम्पनीमै गएर विवाद गरेको सीसीटीभी फुटेज नै पेश गर्दा पनि आइजीपी सचिवालयले उनीमाथि छनबिन नगरेको स्रोतले बताएको छ । आजको साँघु साप्ताहिकबाट 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...