नोट हाम्रो, हात्ती कसको ? राष्ट्र बैंकको चरम लापरवाही, एकै नम्बरका २ नोट

nepali rups kantipathहजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् ।

याे पनि पढ्नुहाेस् ; नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन) अनुसार मुलुकको केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले आफ्नो काम कारबाही गर्दै आएको छ । नेपाली मुद्राको निस्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, शोधनान्तर स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले कार्य गर्दछ । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो ।

आधुनिक, गतिशील, विश्वसनीय र प्रभावकारी केन्द्रीय बैंकको रुपमा स्थापित हुने दूरदृष्टि लिएको बैंकको चरम लापरवाहीको पराकाष्ठ हेर्दा अचम्म लाग्छ ।

राष्ट्र बैंकले हालै छापेको रु २० को नोटमा चरम लापरबाहि भएको छ । उक्त रु २० का नोटहरु एकै नम्बरका रहेका छन् यद्यपि प्रत्येक नोटको नम्बर फरक हुने गर्दछ ।बैंक बाट ल्याइएका २० दर का १०० वटा नोटमा एउटै नम्बर भएका ४ वटा नोट फेला परेका छन् ।

यो हेर्नुहोस् : 
NRB 20 rs note
दशैं तिहार जस्ता चाड पर्व नजिकिँदै गर्दा यस्ता नोट भेटिन थालेपछि उपभोक्ता अन्योलमा परेका छन् ।  राष्ट्र बैंकको यो चरम लापरवाहिले यस्ता अन्य नोटहअरु पनि बजारमा जानसक्ने र प्रयोगकर्तालाई समस्या पर्ने निश्चित छ । यस अघि रुकुमका  भरत केसीले एउटै नम्बरका २ ओटा रू. २० का नोट फेला पारेका थिए ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..