annapurna add

Ncp secritarian

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरेका छन्।

ओलीको जवाफी प्रतिवेदनबारे सचिवालय बैठकमै लामो व्याख्या गरेका प्रचण्डले आइतबार विहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले सघन छलफल गरेका छन्। कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा व्यक्त गरिएका कतिपय विषय र सन्दर्भहरुकाे बारेमा बैठकमा कुरा उठाउने नेताहरुले तयारी गरेका छन्।

‘प्रतिवेदनमाथि १६ गते बस्ने बैठकमा छलफल हुन्छ, त्यो दिन प्रधानमन्त्री ओलीबाट के प्रस्ताव आउँछ हेरौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिवेदनमा पार्टी एकता अघिका केही गम्भीर कुरा उठाइएको छ, यसको जवाफ बैठकमै खोज्नेछौं।’ प्रचण्डले ओली रुपान्तरण नभई केही नहुने स्पष्ट पारेको ती नेताले बताए।

‘ओलीजी रुपान्तरण हुन तयार भए पार्टी एकता महाधिवेशनसम्म जान्छ र एउटा नयाँ माहोल बन्न सक्छ, तर रुपान्तरण नहुने र विधि, पद्धति पनि नमान्ने हो भने कमिटीमा छलफल मात्रै हुँदैन अब एउटा निष्कर्षतिर जान्छ?’ प्रचण्डले नेताहरुसँग भनेका थिए।

नेकपाका दुई अध्यक्षको प्रतिवेदन औपचारिकरुपमा पार्टी कमिटीमा पेस भएपछि पार्टीभित्रको विवाद अब थप चर्किनसक्ने खतरा रहेको भनी नेताहरुले चिन्ता व्यक्त गरे। ‘प्रचण्डले कमरेडले लगाएको आरोपपत्रको जवाफ प्रधानमन्त्रीजीले प्रतिवेदनमार्फत दिइसकेपछि अब यी दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्छ,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘अहिले यी दुवै प्रतिवेदन पार्टीका तल्लो कमिटीसम्म पुर्याउँदा विवाद झन बढ्ने र पार्टी झन संकटमा पर्ने हुन्छ। अब जना पार्टी जोगाउनेतर्फ लाग्नुपर्छ।’

त्यसका लागि ओली समूहले सचिवालयमा बहुमत पुर्याउने कसरत थालेको छ। नौ सदस्यीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सके बहुमत पुग्ने ओली समूहको विश्लेषण छ। वर्तमान सरकारकै निरन्तरता हुने अवस्थामा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले आफूलाई साथ दिने र गौतमको पनि साथ लिँदा बाहुमत पुग्ने भन्दै गौतमसँग छलफल गर्ने निकर्षमा ओली समूह पुगेको छ।

१६ बस्ने सचिवालय बैठकमा दुवै प्रतिवेदनमामाथि सामान्य छलफल गर्ने, मंगलबार छलफल नसकिए बुधबार पनि बैठक राखेर छलफल गराउने र सचिवलाय मै टुंग्याउने तयारी थालिएको हो। दुवै अध्यक्षले पेश गरेका प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुगे त्यहाँ आफू अल्मतमा परिने र विवाद झन झाँगिने प्रधानमन्त्री ओली समूहको बुझाइ छ।

तर प्रचण्ड–माधव नेपाल समूहले भने प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पद छोड्न लगाउने अहिले उचित समय भएको भन्दै दुवै प्रतिवेदनलाई तल्लो कमिटीसम्म लैजाने तयारीमा छन्।

यसअघि प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेनदलाई पुस्तकको रुपमा छपाइ गरी कार्यकर्तासम्म्म वितरण गरेको प्रचण्ड–नेपाल समूहले अहिले दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजाने तयारी गरेको छ।

पार्टीभित्र अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् भने सचिवालयको बहुमत सदस्य अध्यक्ष प्रचण्डको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पु-याउने कसरतमा छन्।

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुगेका हुन्। उनलाई फर्काउन अध्यक्ष प्रचण्डले प्रयत्न गरिरहेका छन्।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...