डाक्टरको लापरवाही : अप्रेसन गर्दा आन्द्रा काटिएर एक विरामीको मृत्यु

OM Hospital

काठमाडौं – पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक विरामीको मृत्यु भएको छ । चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनी भर्ना भएर अप्रेशन गरिएको थियो । गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । पत्थरीको अपरेशनपछि निको हुनुको साटो झन् च्यापेपछि चेकअप गर्दा उनको आन्द्रामा प्वाल परेको डाक्टरहरुले भनेका थिए ।

उपचारकै क्रममा बिहीबार अस्पतालले मृत घोषणा गरेको मृतकका आफन्तहरुले जनाएका छन् । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको भन्दै आफन्तहरुको लापरवाही गर्ने चिकित्सकमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । उनको डा. रविन कोइरालाको नेतृत्वको चिकित्सकको टोलीले अप्रेशन गरेको थियो ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..