नेपालीले सरकारलाई पठाए ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं आईपुग्यो

रोसन दानी/ काठमाडौ । खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई नेपाली दुतावास मार्फत ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्।

नेपालमा अक्सिजन सिलिन्डरको हाहाकार र अस्पतालमा समेत अक्सिजनको समस्या भए पछि खाडी मुलकमा काम गर्ने नेपाली नागरिकहरूबाट संकलित रकमबाट अक्सिजन सिलिन्डर खरिद गरि नेपाल पठाएका हुन् ।

एनआरएन ओमानका उपाध्यक्ष तथा उद्धार समिति संयोजक सुरेश खड्काले नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका बताए ।

उपाध्यक्ष खड्काकाले भने, हाम्रो ओमानका अध्यक्ष झा सरको मेहनत र सवै नेपालीहरूको उदार भावनका कारण एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएका हौ ।

गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाले ओमनको ‘अल होस्नी’ कम्पनीबाट यी सिलिण्डर खरिद गरेको र संघले प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले जानकारी दिए।

खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २स्३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका छन् ।

२:३० मा ओमनवाट करिव ७ बजे नेपाल एयरलाइन्सको वाइड बडी मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अवतरण गरेको छ ।

नेपाल सरकार आफैले सिलिण्डर लिन जहाज मस्कट पठाएको थियो । जहाज बिहान १० बजे मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो।

संघले यी सिलिण्डर आइतबार बिहान ११ बजे नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..