प्रतिनिधिसभा विघटनको मुद्दामा अन्तिम सुनुवाइ सुरु : यि हुन बहसकर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ। यो सुनुवाइ जेठ ७ गते मध्यरातमा भएको विघटनको मुद्दामध्ये विपक्षी गठनबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमाथि हुँदै छ।

प्रतिनिधि सभा विघटन विरुद्ध ३० थान रिट दायर भएपनि संवैधानिक इजलासले देउवाको निवेदन मुख्य भएको भन्दै त्यसलाई पहिला सुनुवाइ गर्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यसअघि सुनुवाइ गर्दै लिखित जवाफ मगाएर अन्तिम सुनुवाइ गर्ने मिति तोकेको थियो।

बुधबारको बहसमा नेपाल बारका पूर्वमहासचिव खम्बबहादुर खातीले सुरुवाती बहस गर्नेछन्। खातीले करिव २० मिनेटमा ओपनिङ बहस गरेपछि गोविन्द बन्दीले बहस गर्नेछन्। बन्दीले करिव ४० मिनेट बहस गर्नेछन्। बन्दीपछि वरिष्ठ अधिवक्ताहरुको रोलक्रम सुरु हुनेछ। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, महादेव यादव, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, मुक्ति प्रधानको पालो आउनेछ। वरिष्ठ अधिवक्ताहरुपछि अधिवक्ताहरु टिकाराम भट्टराई, भिमार्जुन आचार्य, सुनिलकुमार पोखरेल, दिनमणी पोखरेल लगायतले पनि बहस गर्ने तयारी गरेका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..