हेलिकोप्टरमा उड्दा–उड्दै दुई मन्त्रीको पद चैट !

कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार सर्वोच्च अदालतले बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् ।

एउटा रमाइलाे कुरा त याे छकी सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला सरकारका यी दुई मन्त्री भने हेलिकोप्टर चढेर सिन्धुपाल्चोक लागेका थिए । तर सर्वोच्चको फैसलापछि हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद गएको हाे ।

जेठ २१ शपथ लिएकाहरु
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
एमालेबाट मन्त्रीबनेका जेठ २१ गते
रघुवीर महासेठ
शेरबहादुर तामाङ

जेठ २७ गते मन्त्री बनेका
राजकिशोर यादव
नैनकला थापा
ज्वालाकुमारी साह
नारदमुनी राना
मोहन बानियाँ
आशाकुमारी विक
खगराज अधिकारी
गणेश पहाडी

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..