सबै स्थायी समिति सदस्य डेढ लाख सदस्य बनाउन सक्नुहुन्छ ? म तयार छु : प्रभाकर

सत्तारुढ नेकपा माओवादी केन्द्रमा एक वर्षभित्र पार्टीको सदस्य संख्या ३० लाख पु¥याउने दाबी पेस भएको छ। मत संख्याभन्दा सदस्य संख्या दोब्बर पार्ने दाबी बुधबार बसेको स्थायी समितिको बैठकमा अर्थमन्त्री समेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले गरेका थिए।

एमाले र कांग्रेसको सदस्य संख्या अहिलेसम्म १० लाखभन्दा कम नै रहेको छ। १४ औँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले सक्रिय सदस्य संख्या साढे ८ लाख पुर्याइसकेको छ। नेकपा एमालेले पनि ८ लाख कार्यकर्ता पु¥याउने गरी संगठन विस्तारलाई तीव्रता दिइरहेको छ।

माओवादी केन्द्रले २०७४ को निर्वाचनमा समानुपातिकतर्फ १३ लाख मत पाएको थियो। एमालेसँग एकता हुँदा ३ लाख सदस्य संख्या रहेको मानिए पनि त्यसको समेत विवरण थिएन। ‘हाम्रो पार्टीको सदस्य संख्या ३० लाख बनाउनुपर्छ। म डेढ लाख नयाँ सदस्य बनाउन सक्छु,’ बैठकमा शर्माले सोधे, ‘प्रत्येक स्थायी समिति सदस्य डेढ लाख बनाउन तयार हुनुहुन्छ?’

बिहीबार माओवादी केन्द्रको संगठन विभागको बैठक बसेको थियो। शर्मा प्रमुख रहेको संगठन विभागमा सातै प्रदेशका इन्चार्जसहित ११ सदस्य छन्। संगठन विभागले बनाएको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि पेस गरिएको छ। शुक्रबार अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमै पुगेर शर्माले पार्टीका सबै नेताहरु क्रियाशील हुनेगरी सदस्य संख्यामा व्यापक वृद्धि गर्न सकिने प्रस्तावबारे ब्रिफिङ गरेका हुन्। शर्माको प्रस्ताव उत्साहित बनेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..