प्रचण्ड उपस्थिति नहुँदा रावल प्रथम

Pracanda news kantipathकाठमाडौं : मिनि संसद मानिएका संसद अन्तर्गतका संसदीय समितिहरुको काम प्रभावकारी र एकरुपता हुन नसकेको भनेर आलोचना भइरहँदा राज्य व्यवस्था समितिले हालै सार्वजनिक गरेको एक विषयले चर्चा पाएको छ ।

समितिका सभापति शशि श्रेष्ठले पछिल्लो बैठकमा समितिको उपस्थिति सार्वजनिक गरेकी थिइन् । सभापति श्रेष्ठले सार्वजनिक गरेको समितिको बैठकको उपस्थिति अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’कुनै पनि बैठकमा उपस्थित भएनन् । यसरी सम्पूर्ण बैठकमा अनुपस्थित रहेका दाहाललाई गयल घोषणा गरिएको छ ।

सभापति श्रेष्ठले उपस्थिति सार्वजनिक गर्ने क्रममा प्रचण्डको उपस्थिति शून्य भएको बताएपछि बैठक हलचल मच्चिएको थियो । उता बैठकमा सबैभन्दा बढी उपस्थित हुने सांसदमा नेकपाका केन्द्रीय सदस्य सांसद झपट रावल बनेका छन् ।

साउन र भदौ गरी पछिल्ला दुई महिनाको बैठकको उपस्थिति सार्वजनिक गरिएको हो । साउनमा समितिका २० र भदौमा ११ वटा बैठक बसेका थिए । सबै बैठकको सभापतित्व श्रेष्ठले गरेकी थिइन् । सांसद रावल साउनमा २० मा २० वटै बैठकमा र भदौमा ११ मध्ये १० बैठकमा उपस्थिति रहेका थिए ।

सार्वजनिक विवरण अनुसार सांसदहरु तीर्था गौतम, अमरेशकुमार सिंह, कृष्ण गोपाल श्रेष्ठ, छक्कबहादुर लामा, डिलासंग्रौला पन्त र दिलेन्द्र प्रसाद बडु, देवेन्द्र राज कँडेल, नवराज सिलवाल, पम्फा भुषाल, विजय सुब्बा, प्रेम सुवाल धेरै उपस्थित हुने सांसदमा परेका छन् ।

कम उपस्थित हुने सांसदहरुमा विनोद चौधरी, राजेन्द्र महतो, राजकिशोर यादव, वृजेशकुमार गुप्ता तथा जर्नादन शर्माको नाम रहेको छ ।

यसअघि प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले हाजिरी सार्वजनिक गर्ने कुराको थालनी गरेको हो । यसपछि अन्य समितिहरुले पनि हाजिरी सार्वजनिकको अभ्यास शुरु गरेका छन् । द नेपाल टप

Kantipath Media

यो छुट्टाउनु भो कि..