Hidden
प्रचण्डलाई अन्तराष्ट्रिय अदालतमा लाने धम्कीसहित प्रतिवेदनको तयारी !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रुपमा ‘अन्तराष्ट्रिय अदालतमा पुर्याउने विचारसहित प्रस्तावलाई अन्तिम रुप दिएको स्रोतले बताएको छ।
ओलीको प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ। प्रस्तावमा प्रचण्डले सार्वजनिक रुपमा ‘सशस्त्र विद्रोह’मा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिएको भन्दै दिएको अभिव्यक्तिलाई ओलीले त्यसको प्रमाण भन्न मिल्ने उल्लेख गरिएको छ, स्रोतले बतायो ।
खासगरी ओलीले चितवनको बाँदरमुडे अर्थात प्रचण्डको निर्वाचन क्षेत्रमा १६ वर्षअघि कम्तिमा ४२ जनाको ज्यान जानेगरी गराइएको बस एम्बुसको घटनालाई पनि त्योसँगै जोडिएको हो।
नेता नेम्वाङले प्रतिनिधिसभाका अध्यक्षका रुपमा सरकारलाई फौजदारी मुद्दामा अन्तर्राष्ट्रिय अदालतको विश्वव्यापी अधिकार क्षत्र स्वीकार गर्ने अभिसन्धि (‘रोम स्ट्याचुट) मा हस्ताक्षर गर्न आदेश दिएका थिए।
प्रकासित मिति