annapurna add

दाङ । तुलसीपुरका प्रेम केसीले इण्डियावाट फोन गरि आफ्नो घर परिवारलाई बुलेट बाईक किन्न लगाए ।

prem उनको इच्छा पुरा गर्न मंसिर ११ गते घर परिवारले उनकै लागि भनेर बुलेट बाईक किनेर घर ल्याइदिए ।

तर, दूभाग्र्य प्रेम आफु भने शनिवार मध्य राति बाकसमा घर फर्किए । इण्डियन आर्मीमा कार्यरत उनले आफु मंसिर २० गते छुट्टि लिएर घर विदामा आउन लागेको बताएका थिए । घर बिदामा आउँदा उनले आफ्नो लागि चढ्नलाई बुलेट बाईक किनेर राख्न लगाए ।

1 1 1024x653तर, उनी त्यो बुलेट बाइक कुदाउने गरि फर्किएनन् । बरु बाकसमा शव बनेर फर्किए । ‘भाईको इच्छा अनुसार घर परिवारले बुलेट बाईक किनेर अघिल्लो दिन घर ल्याऔं,’ दाजु नाता पर्ने तुलसी केसीले भने ‘ दोस्रो दिन एका विहानै उस्ले आतंककारी हमलामा परि संसार छोडे छ ।’

प्रेमले ५ तारिकमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए । घर बिदामा आउँदा बुलेट बाईक चढ्ने उनको चाहाना भने पुरा हुन पाएन । प्रेमले बाईक किनेको दिन राति पनि आमा, बुवा, परिवार र छोरा छोरीसंग भिडियो सम्वाद गरेको दाजु तलसीले जानकारी दिए ।

2 1024x602यसैबीच प्रेमको शव आइतवार गृह जिल्ला दाङमा हिन्दुपरम्परा अनुसार अन्तेष्टि गरिएको छ । उनको शव शनिवार मध्य रातमा घर ल्याइएको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...