क्षमापूजाका लागि राष्ट्रपति भण्डारी पशुपतिनाथ जाँदै

0020 02 667dafdd296ce54c

0020 02 667dafdd296ce54cराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् ।

विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ ।
जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् ।

राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।

यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..