महतोलाई नेपाली नागरिकता सार्बजानिक गर्न ७ दिनको अल्टिमेटम

उपप्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोलाई आफु नेपाली हुँ भन्ने प्रमाणसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न नयाँ पार्टी नेपालले ७ दिने अल्टिमेटम दिएको छ ।  आज आइतबार सहरी विकास मन्त्रीमा पुगी सो अल्टिमेटम दिएको हो।

पार्टीले महतोमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग माग्दै आफ्नो सक्कल नागरिकता ,आफ्नो पिताको नागरिकता , नेपाली हो भनी पुष्टि गर्ने कम्तीमा १० पुस्ताको पुस्तेवारी ,राजेन्द्र सुडी महतो नेपाली हो भनी प्रमाणित गर्ने विशेष गाँउ ,वडाको कम्तीमा १०० जनाले प्रमाणित गरेको सर्जमिन मुचुल्का सहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न  ७ दिने अल्टिमेटम दिएको छ ।

यदि सो उल्लेखित कागजात जुटाउन नसक्ने भए सोही समयभित्र आफू भारतीय नागरिक भएको व्यहोरा सहित नेपाल सरकार समक्ष आत्मसर्मण गरी आवश्यक अनुसन्धानमा सहयोग गर्न पनि नयाँ पार्टी ,नेपालले माग गरेको छ ।

महतोमाथि भारतीय नागरिक भएर पनि झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको दाव सहित नयाँ पार्टी ,नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमा समेत उजुरी दर्ता गरिसकेको छ।

पार्टीले खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको घर सितामडी जिल्ला कोहवरवा ,भारत स्थायी ठेगाना रहेको बताउँदै आएको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..