प्रधानमन्त्री ओलीको निरंकुशता अन्त्य: पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

raman su93kbfPJp

पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला दिएको बताएका छन् ।

raman su93kbfPJpउनले भने, ‘अदालतले संविधानको पक्षमा फैसला गरेको छ, फैसलाले राम्रो निकास दिएको छ ।’

उनले संवैधानिक इजलासले गरेको यो फैसलासँगै मुलुक अब संवैधानिक ट्रयाकमा जाने बताए ।

‘संवैधानिक हिसाबले हेर्दा संविधानको पक्षमा फैसला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको छ ।

योसँगै सनकको भरमा शासन सत्ता सञ्चालन गर्ने शासकलाई सबक पनि हो यो फैसला ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..