कालोबजारीको आशंकामा रामेछापमा अनुगमन : लाखौको बस्तु जफत र जरिवाना

केही संकट वा महामारीको संकेत मात्रै देखा पर्नुपर्छ हाम्रो देशका व्यापारीहरूलाघ ठूलै ‘उत्सव’ आएजस्तै हुन्छ। ४ वर्षअघिको विनाशकारी भूकम्पमा पनि चेत्न नसकेका व्यापारी अहिलेको अवस्थामा कालोबजारीको धन्दा सुरू गरिसकेका छन। भूकम्पका बेलामा ज्यान जोगिएकोमा भन्दा पनि आफ्नो व्यापार बढेकोमा खुसी हुने कथित साहुजीहरू देखेर मानवता भन्ने चिज हामीबाट निकै टाढा भइसकेको आभास हुन्थ्यो। घरभित्र बस्न नसकेर ज्यान जोगाउन खुला ठाउँमा भागेका नागरिकले २० रुपैयाँ पर्ने चाउचाउ ५० रुपैयाँ तिरेर किने, २० रुपैयाँ पर्ने मिनरल वाटर सय रुपैयाँसम्म तिरेर किनेको देखियो, आफूले पनि प्रचलित मूल्यभन्दा महँगोमै किनियो।

पछि तिनै साहुजीको मुखबाट सुनियो, एकदिनको व्यापार पाँच लाख भयो, यस्तो संकट दिनैपिच्छे भए त व्यापार फस्टाउने रहेछ। तल्लो तलामा पसल भएको फाइदा ती साहुजीले निकै उठाए तर उनलाई मानवता भन्ने चिज महत्वपूर्ण लागेन। यस्ता धेरै व्यापारीहरू छन् जो सकंटको दाउ पर्खिरहेका हुन्छन्।

कतिबेला के आपत आइपर्छ र आफ्नो लागि दशैं आउँछ भन्ने उनीहरूलाई लाग्छ। हामीले बिर्सेका कहाँ छौं र ? नाकाबन्दीको आततायी अवस्था। नाकाबन्दीको बेलामा सामान्य व्यापारीले समेत निकै दाउ छोपे, कतिपय व्यापारीको त निकै ठूलो धन्दा चल्यो, कमाइ खाने सिजन भयो र आम्दानीका स्रोत एकपछि अर्को खडा हुँदै गए। एकातिर नागरिक आफ्नो चुल्हो बाल्न सकेका छैनन्, बिहान बेलुकाको छाक कसरी टार्ने सोच्न सकिरहेका छैनन् उता व्यापारीहरू चौध सय पर्ने ग्यासको सिलिन्डरलाई दस हजारसम्ममा विक्री गरे।

rame anu 1

रामेछापको सदरमुकाम मन्थलीमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारका दुई पसललाई अनुगमनै क्रममा कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र र उपभोक्ता हित संरक्षण मञ्चले गरेको संयुक्त बजार अनुगमनको क्रममा बजारका खाद्य, किराना पसल, तरकारी तथा फुलफुल होटल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरेको थियो ।

rame anu 2

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा अनमिका स्र्टार्स मन्थलीले म्याद नाघेको सडेगलेको तथा लेवल नखुलेको विभिन्न खाद्यान्न विक्रि गरिरहेको पाइएकाले उक्त स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

rame anu 3

गणेश टायर सेन्टरले अनुगमन टोलीलाई खरिद तथा विक्री बिल बिजक माग गर्दा उपलब्ध नगराएपछि उक्त टायर सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । अनुगमन टोलीले १७ वटा किनारा/खाद्यन्न तथा सप्लार्य १ वटा बेकरी, १ वटा डेरी, दुई वटा हार्डवेयर, ४ वटा होटल र १ वटा तरकारी तथा फलफुल पसलमा अनुगमनमा गरेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..