ठेकदार रत्न गौतमका भाईको ठगिधन्दा : आफ्नै साढुभाईको पारे बिचल्ली

एमाले उप-महासचिव तथा बालुवाटार जग्गा प्रकरणमा जोडिएका विष्णु पौडेलसँग खास सम्बन्ध भएका भनिएका रामेछापका ठेकेदार रत्न गौतमका भाई आफ्नै आफन्त ठग्दा गर्दा अहिले बद्नाम बनेका छन् । ठेकेदार गौतमका भाई होमराज गौतमले एक करोड ठेक्का दिने भनि ४६ लाखको ठेक्का हो भन्दै नदिएर ठगेको भन्दै उनलाई साढदाई बताउने भरत गौतमले सामाजिक संजालमा दुख पोखेका छन् ।

हेमराजले भरतलाई दिनरात आर्थिक टर्चर दिएर ज्यान समेत तलमाथि हुनेगरि गतिबिधि गरेको बताएका छन् । होमराजले आफुलाई उनकै नाममा दर्ता भएको हिमान्जय कन्स्ट्रक्सनबाट काम गराएर पैसा नदिएको बताएका छन् ।

उनले बताएका ठग होमराज गौतम अहिले फरार रहेको र देख्नु हुनेले सम्पर्कमा ल्याईदिनु हुन समेत अनुरोध गरेका छन् । होमराज नेकपा एमालेको दोरम्बा-काठमाडौँ सम्पर्क मंचका अध्यक्ष समेत रहेका छन् । होमराज न्युरोडस्थित एक सहकारीको ऋण समितिको समेत संयोजक रहेका छन्, उक्त सहकारीका सदस्यहरु यस्ता ठग त ऋण संयोजक भएपछि आफ्नो पैसा डुब्ने भयो भन्दै आतंकित बनेका छन् ।

सामाजिक संजालमा पिडितको पोस्ट :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..