annapurna add

काठमाडाैं । (रअ) का प्रमुख सामन्त गोयलसहित ९ जनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ ।

goyalभारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपामा किचलो देखिएकाले सुरक्षाअधिकारीहरु गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् ।

रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको एक उच्च बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरुले सरकारी अंगका प्रमुखहरुलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।

तर उनीहरुले सत्तारुढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ ।

‘नक्साल र सानेपास्थित होटलमा उनीहरुले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफै सहभागी भएका छने् ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...