रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : के छ आरोपपत्रमा (पूर्णपाठ)

काठमाडौँ । रुकुम पश्चिममा तीन साताअघि नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सुरु भइसकेको छ ।

रुकुम हत्याकाण्ड : वडाध्यक्षसहित ३४ जनालाई जन्मकैदको माग्दै अदालतमा मुद्दा

six bk news of rukummमृतक

चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न भएको आरोपपत्रमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा आइतबार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता भएको हो । 

के छ आरोप ?

प्रहरीले ३४ जनामाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग गरेको र जातीय छुवाछुत गरेको आरोप लगाएको छ । मुलुकी अपराध संहिताको दफा १७७ अनुसार ज्यान मार्ने काम गरेकाले जन्मकैदको मागदाबी छ । त्यसमा सरकारी वकिलको कार्यालयले क्रुरतापूर्वक हत्या गरेको आरोप समेत समावेश गरेको छ भने अपहरण गरी वा शरीर बन्धक लिई हत्या गरेको आरोप पनि एकसाथ छ ।

क्रुरतापूर्वक हत्या र अपहरण वा शरीर बन्धक बनाई हत्या गरेको अभियोगमा जन्मकैदको सजाय हुनेछ । बाँकी घाइतेहरुका हकमा ज्यान मार्ने प्रयास गरेको अर्को अभियोग छ । यो अभियोग स्थापित भएमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

सबैमाथि जातीय भेदभाव तथा छुवाछुतको अभियोग समेत छ । यो अभियोग पुष्टि भएमा तीन महिनादेखि ३ वर्षसम्म कैद अनि ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । सबै आरोप पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुर नै कार्यान्वयन हुनेछ । उनीहरुबाट मृतकका आफन्त र घाइतेलाई क्षतिपूर्ति दिलाउने मागदाबीसमेत छ ।

आरोपपत्रका अनुसार प्रतिवादीहरु

डम्बरबहादुर मल्ल (वडाध्यक्ष)
डिल्लीमल्ल ठकुरी
तुलबहादुर मल्ल
प्रेमबहादुर ठकुरी
सन्तोष मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
टोलबहादुर मल्ल
सविन पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
इन्दबहादुर ठकुरी
लिपेन्द्रकुमार मल्ल
हर्कबहादुर मल्ल
बिनोद मल्ल
दिपेन्द्र चन्द
नेतबहादुर मल्ल
रेशमबहादुर मल्ल
धनराज राना
नवीनकुमार घर्ती मगर
बिराज पुन मगर
भिमबहादुर पुन
रमित पुन मगर
विष्णु मल्ल
फरार रहेकाहरु

तुलाराम घर्ती
डिल्ली घर्ती
लोकेन्द्र घर्ती
सौरभ पुन
भीमबहादुर बुढा

नाम गोप्य राखिएकाहरु

युवती– ५४ रुकुम पश्चिम ३६
उनका परिवारका सदस्यहरु

युवती– ५४ रुकुम पश्चिम ३६
युवतीका परिवारका सदस्यहरु

५४ रुकुम पश्चिम (३६) १
५४ रुकुम पश्चिम (३६) २
५४ रुकुम पश्चिम (३६) ३

रुकुम अपडेट :  वडाध्यक्ष मल्लको यस्ताे छ बयान, कसले मार्‍यो थाहा भएन

मिति २०७७।०२।१० गते दिन भर म धानको बिउ राख्नको लागि खेत बारीमा थिएं, काम सके पश्चात अ.१६:४५ बजेको समयमा म वडा कार्यालय नजिक रहेको कोराना रोग सम्बन्धीको क्वारेन्टाईनमा व्यवस्थापनमा खटिएको टिमलाई सल्लाह सुझाव दिनको लागि गएको थिए, सोही ठाउँमा रहेको अवस्थामा प्रतिवादी मध्येका टोप बहादुर मल्लले मोबाईल नं.९८……५ बाट मेरो सम्पर्क नं.९८…३ मा अ.१७:०० बजेको समयमा फोन गरी जाजरकोटबाट २०/२५ जना केटाहरु हाम्रो गाउँको ढुङगेखाली तिर जादै छन, उकालो लागेका छन भन्ने सुचना दिएकाले मैले सो सुचना पाएको अ.१०/१५ मिनेटपछि मात्र ईलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरी ढुङगे खानीमा जाजरकोटबाट १५/१६ जना केटाहरु आएका छन रे तिनीहरुलाई नियन्त्रणमा लिनु पर्‍यो भन्ने कुरा जानकारी गराएको थिए, उक्त समयमा वडा सदस्य गोरखे घर्तीसँग समेत कुरा भएको थियो, मैले प्रहरीलाई जानकारी गराईसकेपछि प्रतिवादी मान बहादुर मल्ल, टोप बहादुर मल्ल सँग पुन:कुरा भए पश्चात परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) ले अ.१७:४० बजेको समयमा मोबाईल नं.९८…५बाट मलाई फोन गरी गाउँमा जाजरकोटका केटाहरु आएका छन, गोईरी गाउँतिर जादै छन भनेका मैले निजलाई कति जना केटाहरु छन गन्ती गर्नु निग्रानी गर्नु भनेको थिएँ।

त्यसपछि प्रतिवादी नेत्र बहादुर मल्लले ९…३ नं.को आफ्नो मोबाईलबाट मलाई फोन गरेकाले निजसँग समेत कुराकानी भएको थियो, त्यस पश्चात नगरपालिकाका स्वम् सेवकहरु समेत क्वारेन्टाईन अवलोकन गर्न आएकाले निजहरुलाई समेत केटाहरु आएको जानकारी गराई नियन्त्रणमा लिनुपर्छ भनी म क्वारेन्टाईनबाट सोझै गाउँतिर गएको हुँ।

गाउँतिर गएपश्चात प्रतिवादी मान बहादुर मल्ल या नेत्र बहादुर मल्ल मध्ये एक जनाले मलाई फोन गरी केटाहरु औल तिर झर्दै छन भन्ने जानकारी गराएको तर मैले त्यति बेला केटाहरुलाई गाउँमा देखिन, सोही सुचनाको आधारमा म केटाहरु खोज्दै जाँदा घटनास्थल भएको मध्य पहाडी सडकमा पुग्दा एक जना स्याला घर बताउने कार्की थर भएको केटालाई प्रतिवादी प्रेम बहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रनमा लिएको देखेको हुँ, अन्य प्रतिवादीहरु पछिबाट दौड्दै आउँदै थिए अन्य केटाहरु म भन्दा अगाडी नदी बगर तिर दौड्दै गईसकेका रहेछन्।

उनीहरुलाई देखिन, म भन्दा अगाडी गएका अन्य प्रतिबादीहरुले लखेटेका रहेछन, मैले प्रेम बहादुर मल्ल समेतले नियन्त्रणमा लिएको सो केटालाई नियन्त्रणमा लिई राख्ने काम गरेको हुँ, म गाउँबाट झर्ने क्रममा प्रहरीले अन्दाजी १८:०९ बजेको समयमा फोन गरी हामी त ढुङगे खानी भन्ने ठाउँमा आई पुगियौं तपाई कहाँ हुनुहुन्छ भनी फोन गरेकाले मैले औलतिर आऊनुहोस भनेको अ.१०/१५ मिनेट पछि प्रहरीहरु औल (घटनास्थल)मा आई म सँग भेट भएकाले हामीले नियन्त्रणमा लिएको एक जना केटालाई प्रहरीको जिम्मा लगाएका हौं, प्रहरी आईसके पश्चात मात्र स्वम् सेवक समेतको टोली घटनास्थलमा आईपुगेको थियो । बाँके घर बताउने २ जना केटाहरुलाई समेत ल्याईयो र अन्तमा ४ जना केटाहरु ल्याई ७ जना केटाहरुलाई प्रहरीले बाटोमा ल्याई सँगै राखेका हुन्।

ती केटाहरु मध्ये दाह्री पालेको मोटो केटालाई मुखमा चोटपटक लागेको देखेको हुँ , सो ठाउँमा प्रतिवादीहरु प्रेम बहादुर मल्ल, डिल्ली मल्ल, मान बहादुर मल्ल, तुल बहादुर मल्ल, समेतलाई देखेको हुँ, नदी पारी समेत मान्छेहरु हिड्दै गरेको देखेको थिएँ। ५ जना केटाहरु नदी पारी फेला परेको पछि सुनेँ। अन्य प्रतिवादीहरु के कता थिए देखिनँ। म घटनास्थल पुगेपछि अन्तमा ३ जना मानिसहरु भेरीमा बगे भन्ने कुरा प्रतिवादी प्रेम बहादुर मल्ल र तुल बहादुर मल्लले भनेपछि सुनेको हुँ। मैल कसैलाई कुटपिट गरेको होइन। मृतक नवराज विकसमेत निजसँग रहेका ६ जना मृतकलाई कस्ले कर्तव्य गरी मार्‍यो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको मिति २०७७।०२।२६ गतेको बयान।

रुकुम अपडेट : यस्ताे छ सुस्माका दाजुको बयान

मेरो बहिनी परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) र मृतक नवराज बिकबिचमा प्रेम सम्बन्ध भई पटक पटक मेरो घरमा आउने गरेको थाहा छ। निज नवराज बिकदलित केटा भएकोले म समेतको घर परिवारको चित्त बझेको थिएन।

निज पटक पटक आउने गरेकाले पुनः आएमा मारीदिने योजना बनाएका थियौं। मिति २०७७।०२।१० गते अन्दाजी १६ः४५ बजेको समयमा म र मेरो बुवा परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) १ घर नजिकै रहेको ढुङगा खानीमा काम गरिरहेका थियौं।

सोही बेला नवराज विक समेतका केटाहरु आएको देखी मैले मोबाइलबाट आमालाई फोन गरी नवराज बिक समेतका केटाहरु घरतिर आउँदै छन भनी खबर गरी बुवा र म दौड्दै घरमा जाँदा केटाहरु मेरो घरमा आएकोमा आमाले गाली गरेपछि फर्केर गईसकेका रहेछन्।

तत्काल मैले प्रतिवादी विनोद मल्ललाई फोन गरी नवराज बिकसमेतलाई पिछा गर्नु भनेँ। बुवा, वडा अध्यक्ष डम्बर बहादुर मल्ल समेतलाई फोन गरी बोलाए पछि डम्बर बहादुर मल्लले समेत अन्य प्रतिवादीहरुलाई खबर गरेपछि निज नवराज बिक समेतलाई मार्नका लागि बुवा, डिल्ली बहादुर मल्ल ठकुरी समेतका प्रतिवादीहरु पैदल हिडेर पिछा गर्दै गए।

म आफ्नो रा ३प ८०६७ नम्बरको मोटरसाइक चढी सडक बाटो जादै गर्दा मध्य पहाडी सडक बाटोमा प्रतिवादी मध्येका हर्क बहादुर मल्ललाई भेटी निजलाई मेरो मोटरसाइकलको पछाडी राखी नवराज बिक समेतका केटाहरुलाई पिछा गर्दै गयौं। सो क्रममा अन्दाजी १८ : १५ बजेको समयमा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ गोईरी औलस्थित मध्य पहाडी सडकमा पुग्दा नवराज बिक समेतका केटाहरुलाई फेला पारी म र माथीबाट पिछा गर्दै आएका जाहेरी दरखास्तमा उल्लेख भएका अन्य प्रतिवादीहरुलाई छेका हाल्यौं।

नवराज बिक समेतलाई ढुङ्गा लाठी समेतले प्रहार गर्दै लखेट्दै भेरी नदीको सानो पानी भएको भंगालोबाट पारि बिच बगरमा पुर्‍याई नवराज बिक समेतलाई लाठी, ढुङगा समेतले टाउँको समेतको शरीरमा मर्ने सम्मको चोट पर्ने गरी प्रहार गरी कर्तव्य गरी मारी भेरी नदीमा बगाइलियौं। अन्य ५ जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं।

भेरी नदी मारी गएका ५ जना केटाहरुलाई समेत केही प्रतिवादीहरुले पौडी खेली पारी गई कुटपिट गरी नियन्त्रणमा लिएका हुन्। म समेतले नवराज बिक समेतका केटाहरुलाइ कर्तव्य गरी भेरी नदीमा बगाएका हौं भन्ने समेत व्यहोराको बयान।

रुकुम अपडेट : यस्ताे छ सुस्माकी आमाको बयान

जेठ १० गते नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अवस्थामा निज नबराज बिकलाई मैले जातिय बिभेद हुने शब्द डुम समेत भनि गाली गरे। त्यसपछि उनीहरु फर्केर गए। नबराज बिकसमेतका केटाहरुलाई मार्ने पुर्ब योजना मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्ललाई बोलाई पिछा गर्दै जाने क्रममा रुकुम चौरजहारी नगरपालिका वडा न ८ औल जिउला भन्ने स्थानमा फेला पार्यौं। त्यसपछि छेका हाली ढुङ्गा हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्याई नबराज बिक समेतलाई कर्तब्य गरी मारी भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कुटपिट गरी नियन्त्रमा लिई घटना घटाएको सत्य हो।

मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) र नबराज बिकबिच फेसबुकमार्फत चिनजान भएको रहेछ। पटक पटक निज नबराज विक समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ।

मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई मिति जेठ १० गते निज भतिजीलाई मैले फोन गरी बुझ्दा निज नबराज बिकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउदैछ भन्ने थाहा पाएँ।

निज दलित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बेइजत हुने भएकाले बेइजत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मारी दिए बिबाह हुन नपाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मारी दिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं।

हामीले योजना बनाई बसेको अबस्थामा मिति जेठ १० गते अन्दाजी ५ बजेको समयमा मेरो छोरी घर भित्र टिभी हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज बिक समेतका केटाहरु आएको देखेँ। नबराज बिकलाई तँ डुम फेरि किन आईस आज मर्छस् भनि धम्की दिई गालिगलौज गरी कराउँदै मेरो श्रीमानलाई फोन गरे।

रुकुम अपडेट : यस्ताे छ सुस्माका बुबाको बयान

जेठ १० गते दिनको समयमा म ढुङ्गा खानीमा काम गरी रहेको अवस्थामा सोही दिनको अन्दाजी ५ बजेको समयमा मेरो श्रीमती प्रकाशीले फोन गरी उही पुरानो केटो नवराज बिकले फेरी १७/१८ जना केटाहरु ल्याई घरमा आउँदै थियो।

मैले गाली गलौज गरी पठाएँ। अहिले तलतिर लागेका छन्, के गर्ने भनेकी थिइन्। तत्कालै म घरमा आई हेर्दा केही केटाहरु घर देखी पर, तलतिर हिड्दै गरेको देखँ। मैले श्रीमतीलाई तिनीहरु के कता जान्छन् पिछा गर्दै गर भनी श्रीमती पिछा गर्न गएकीले मैले सोही मौकामा प्रतिवादी डम्बर बहादुर मल्ललाई फोन गरी मृतक नवराज बिकले धेरै केटाहरु ल्याई मेरो घरमा आएको छ के गर्ने भन्दा निजले त्यसो भए त्यसलाई जतिपटक सम्झाउदा पनि लागेनछ आज तह लगाउनु पर्छ भने।

म अरु सबैलाई खबर गर्छु पिछा गर्दै गर्नु नियन्त्रणमा गर्नुपर्छ म पनि आऊँछ भनेकाले म निजहरुको पिछा गर्दै बसेको अवस्थामा प्रतिवादी डम्बर बहादुर मल्ल समेत हामीहरु भएको ठाउँमा आए। म तथा सोही ठाउँमा भेला भई बसेकी मेरी श्रीमती, प्रेम बहादुर ठकुरी, डिल्ली मल्ल , समेतका प्रतिवादीहरुसँगै केटाहरु भएतिर गएका हौं।

अन्य प्रतिवादी डम्बर बहादुर मल्लले भने अनुसारका व्यक्तिहरु समेत गाउँतिरबाट झरेका रहेछन्। हामीहरु मध्य पहाडी लोकमार्ग सडकमा पुग्नै लाग्दा मृतक सहितका केटाहरुलाई तलतिर झरेको देखी सबै प्रतिवादीहरुले चारैतिरबाट पछाडीबाट ढुङ्गा, लाठी हान्दै लखेट्दै लिए पश्चात निज केटाहरु बाध्य भई भेरी नदीको बगर तिर दौड्दै हाम फाल्दै थिए।

ति मध्येका १ जना केटालाई प्रतिवादी प्रेम बहादुर ठकुरी समेतका प्रतिवादीहरुले नियन्त्रणमा लिएका थिए। अन्य सन्तोष मल्ल, मोहन पुन मगर, विनोद मल्ल, बिष्णु मल्ल, परिवर्तित ५४ रुकुम पश्चिम ३९, टोप बहादुर मल्ल, परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३ र डम्बर बहादुर मल्ल समेतका प्रतिवादीहरुले मृतक समेतका केटाहरुलाई पछाडीबाट लाठी ढुङ्गा हान्दै लखेटे। र भेरी नदी र्पुयाई मारेका थिए।

म समेत पछि पछि गएको थिएा। निजहरुले नदीको बिच भंगालोमा समेत कुटपिट गरिरहेका थिए। पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आईरहेका थिए। नदी वारी रहेका ७ जना केटाहरुलाई नियन्त्रणमा लिएका हौं। नदी तरी गएका केटाहरुलाई समेत अन्य प्रतिवादीहरुले कुटपिट गरिरहेको देखेको हुँ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्ताे छ सुस्मा मल्ल ठकुरीको बयान

मृतक नवराज बिकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएको थियो। मैले एक्सेप्ट गरी सोही मिति देखी साथी भई कुराकानी र भेटघाट हुने गथ्यो।

परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाईलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएकोले सो रातमा नवरावजै घरमा बाँस बसेँ। भोलिपल्ट घर गएकी हुँ। सो पश्चात पनि मिति २०७६ पौष महिना गते एकिन भएन, नवराज बिकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाईको जन्मदिनमा गएको मौका समेत भेट भएकोले सो दिन समेत नवराजकै घरमा गई सुतेँ। भोलिपल्ट घर फर्किए।

सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्। तर म विवाह गरी गएकी होईन, निजले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए।

निजको घरमा बसेको त्यति नै हो। मलाई मिति एकिन भएन मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ।

भोलिपल्ट बिहान पनि निज नवराज बिक समेत मेरो घर नजिकै हिडिरहेको देखी मेरो बुवा आमा समेतले संम्झाई आफ्नो घर तर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु बिकलाई ल्याई मेरो गाउँमा आएको रहेछ।

तर मैले देखिन गाउँलेले भनेको सुनेकी थिएं। मिति २०७७।०१।१७ गते राती ८/९ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घर नजिकै आएको मौकामा मेरो बुवा, आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए।

मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज बिकलाई फेसकुबमा ब्लक गरेँ देखी निजसँग कुनै कुरा भएन। मेरो भाईको मोबाईलबाट म्यासेजमा कुराकानी भएको थियो।

वारदातको दिन नवराज बिकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन। मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज बिकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ। सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ सो कुरा आमाले मलाई मिति २०७७।०२। १ र २ गते तिर भनेपछि मात्र थाहा पाएकी थिएँ।

मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरी रहेकी थिए। मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ। सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए।

तर मैले केटाहरुलाई देखिनँ। म घटनास्थलमा गएकी छैन। सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन। सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ।

भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेँ। पछि बुझ्दा मेरो बुवा, दाई समेतले नवराज बिक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।

रुकुम हत्याकाण्ड अपडेट : सकियो प्रहरीको अनुसन्धान, नवराज विकको पक्षमा आयो प्रतिवेदन

सिर्जनशील नेपाली समाजले दियो रुकुम घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

रुकुम घट्नाको प्रतिवेदन सार्वजनिक–‘सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’ (भिडियाेसहित)

‘रुकुम हत्याकाण्ड’ पृष्ठभूमिमा जातीय छुवाछूत देखिन्छ : प्रधानमन्त्री ओली

सोती घटनाको निष्पक्ष छानविन हुन्छ : न्याय मर्न दिदैनौँ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : ‘नवराजसहितका युवालाई चार गाउँ मिलेर लखेटेका थिए’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ अपडेट : अझै छट्पटाइरहेका छन् घाइते

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

‘रुकुम हत्याकाण्ड’बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..