रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : ‘नवराजसहितका युवालाई चार गाउँ मिलेर लखेटेका थिए’

jajarkotपश्चिम रुकुम : गैरदलित युवतीलाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ युवकको ज्यान जाने गरी भएको घटनामा चार गाउँका बासिन्दा संलग्न रहेको पाइएको छ । प्रहरीको अनुसन्धान तथा स्थानीय बासिन्दाका अनुसार सोतीलगायत चार गाउँका बासिन्दाले नवराजसहितका युवालाई लखेटेका थिए ।

१० जेठ साँझ जाजरकोटको खलंगाबाट छिमेकी साथीहरू सञ्जु विक र गणेश बुढामगरसहित १० जनालाई लिएर नवराज गएका थिए । १० किलोमिटर टाढा भेरी नदीको धल्ला पुल पुगेपछि नवराजकै आग्रहमा भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार र उनका साथी गोविन्द शाहीसहित नौजना थपिएका थिए । भेरीको धल्ला पुलमा जम्मा भएका उनीहरू डेढ घन्टा उकालो हिँडेर युवतीको गाउँमा पुगेका थिए ।

युवतीको घरनजिक पुगेपछि त्यहाँका बासिन्दाले चिन्छन् भन्दै ज्याकेट फेरेर पछाडि लागेको घाइते सुदीप खड्काले बताए । तर, उनीहरू युवतीको घर नपुग्दै उनकी आमाले ‘तँ फेरि आइस्, पहिले कुटेकाले पुगेन, अब त मरेर जान्छस्’ भन्दै गाली गरेको सुदीपले बताए । गाली गर्न थालेपछि आमाले थाहा पाएको भन्दै त्यहाँबाट फर्किएको उनको भनाइ छ । त्यसपछि उनीहरू पहिलेको बाटो छोडेर अर्को बाटो फर्किन ओरालो झरेका थिए ।

त्यहाँबाट करिब एक किलोमिटर तल झरेर उनीहरूले नाउलो (कुवा)मा पानी खाएका थिए । त्यहीँ घर भएका विनोद मल्लबारे सोधिखोजी गर्दै मोबाइल नम्बरसमेत मागेका थिए । त्यहाँबाट पनि हिँडेपछि ‘पानी खाएर जाऊ’ भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले अलमल्याएको सुदीपले बताए । घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूलाई युवतीको घरबाट त्यहाँसम्म पुग्न ४५ मिनेट लागेको थियो । त्यसपछि चार गाउँका बासिन्दा आएर लखेट्न सुरु गरेको प्रहरीले जनाएको छ ।

गाउँ नै फर्किएपछि उनीहरू त्यहाँबाट भागे । सोती गाउँबाट करिब तीन किलोटिमर तल गैरीज्युला गाउँको सिरानको सडकमा पुगेका थिए । त्यहाँ पनि स्थानीय बासिन्दा आएपछि करिब पाँच सय मिटर परको झोलुंगे पुल तर्न खोजेको थिए । त्यही पुल भएर जाजरकोटकै कालेगाउँ पुगिन्छ ।

तर, पुलतर्फबाट पनि गाउँले नै आएपछि उनीहरू घेराबन्दीमा परेका प्रहरी अनुसन्धानमा देखिएको छ । घटनामा घाइते भएका गोविन्द सुनारले भने, ‘सडकको दुवैतर्फबाट ढुंगा प्रहार हुन थाल्यो । ज्यान जोगाउन भागाभाग भयो । को कता गयो ? कसले कति कुटे ? केही थाहै भएन ।’ ढुंगामुढाले आक्रमण हुन थालेपछि सडकमुनिको मकैबारीतिर भागेको उनले बताए । केही स्थानीय बासिन्दाका अनुसार नवराज र उनका केही साथीहरू त्यहीँ समातिएका थिए ।

त्यहाँबाट पनि भागेका युवकहरू करिब ५० मिटर तलको भेरी नदी तरेर पारि जान खोजेका थिए । भँगालो कटेर बीच बगर र पारि पुगेकालाई पनि कुटपिट गरिएको पाइएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजान्ने महेश कार्की र डिल्ली विक नदी किनारमै रोकिएका थिए । १० जना नदीमा पसेका थिए ।

उनीहरूमध्ये मदन शाही, भोला बिसी, लालबहादुर खड्का, सरोज भडेल र विभाष पुन पौडिएर भेरी नदीपारि पुगेका थिए । त्यस्तै, आशिष विक, सुनील सुनार, इन्द्रजंग सुनार, गोविन्द सुनार र सुदीप खड्काले भँगालो तरे पनि पारि जान आँट गरेनन् । त्यतिवेला नवराजसहित मृत्यु भएका ६ जनाको अवस्था कस्तो थियो भन्ने अहिलेसम्म प्रहरी अनुसन्धानमा पनि खुलेको छैन ।

गाउँलेले त्यहाँसम्म पुगेर पनि कुटपिट गरेका छन् । ‘म पनि भेरी तर्न जाँदै थिएँ, तानेर ल्याएर उल्टो हँसियाले हानेँ,’ गोविन्दले भने । भेरी तर्दै गरेका दुईजनालाई स्थानीय बासिन्दाले ढुंगा हानेपछि नदीमा बगेको उनको भनाइ छ । भेरीपारि पुगेपछि पनि त्यहाँ फुटबल खेलिरहेका स्थानीय युवाले कुटपिट गरेको घाइतेहरूले बताएका छन् ।

रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले साढे ५ बजेदेखि घटना सुरु भएको बताए । ‘घटना साढे ५ बजेबाटै सुरु भएको छ, तर प्रहरीलाई ६ः१५ बजे लकडाउन उल्लंघन गरेर आएका मान्छेलाई नियन्त्रणमा लिएका छौँ भनेर फोन आएको छ । साढे ६ बजे दुईवटा बाइकमा चारजना प्रहरी पुग्दा पनि कुटपिट भइरहेको थियो,’ डिएसपी केसीले भने । भेरी पूर्वतिर वडाध्यक्ष मल्लसहित करिब ६० जनाले कुटपिट गरिरहेको देखेपछि प्रहरीले सिठी फुकेको उनले बताए । तैपनि कुटपिट नरोकिएको जनाएको छ ।

घटनास्थल पुगेका प्रहरीलाई पनि वडाध्यक्ष मल्लले केही बनाएनन् । कुटपिटमा परेका १२ मध्ये सुदीपलाई चोट लागेर रगत बगिरहेको थियो । बाँकीलाई भने ठूलो चोट थिएन । काँप्दै गरेको अवस्थामा समातिएका उनीहरूले पनि घटनाको यथार्थ तत्कालै बताउन नसकेको डिएसपी केसीले बताए । राति ९ बजे प्रहरी कार्यालयमा पु¥याएर सोधपुछ गर्दा मात्रै घटनाको रहस्य खुलेको उनको भनाइ छ । पीडित पक्षले भने घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको आरोप लगाएको छ ।

चौरजहारी नगरपालिका–८ सोतीमाथि गुरताल र तल गैरीज्युला गाउँ छ । सोतीकै वरिपरि गोहिरी र गेस्मागाउँ छन् । सोती गाउँमा रहेको युवतीको घरनजिक नवराजसहितका युवा पुगेको हल्ला चलेपछि चारै गाउँका बासिन्दा आएको पाइएको प्रहरीले जनाएको छ । चारै गाउँमा करिब ६० घरपरिवार छन् । ‘पहिले माथिबाट तर्साएका छन्, तर सडकमा उत्रिएपछि आक्रमण भएको छ, त्यसपछि के भयो भनेर घाइतेहरू नै बताउन सक्दैनन्,’ डिएसपी केसीले भने ।

यो घटनामा सबै गाउँ एकत्रित छन् । सबै गाउँका युवा संलग्न भएकाले प्रत्यक्षदर्शीले समेत घटनाको विवरण भन्न आनाकानी गरिरहेको प्रहरीले जनाएको छ । उनीहरू सबैले ‘लकडाउन उल्लंघन गरेर आएका युवाहरूलाई खेदाउँदा खोलामा डुबेर मरेको’ भन्ने गरेका छन् । गाउँको छेउछाउमा बस्नेहरू अहिले डराएर हिँड्ने गरेका छन् ।

सिआइबीको सहयोगमा अनुसन्धान भइरहेको संघीय प्रहरी एकाइ कार्यालय, नेपालगन्जबाट खटिएका एसएसपी पोषराज पोखरेलले बताए । ‘प्राप्त तथ्य–प्रमाणको विश्लेषण, घटनाका प्रत्यक्षदर्शी, स्थानीय, घाइते, पीडित, प्रहरीलगायतको सोधपुछ र बयान लिइएको छ, केही मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइएको छ । कल ट्रेसिङ गर्ने काम पनि भइरहेको छ,’ उनले भने । छोटो समयमै घटना भएको र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।

घाइते गोविन्द सुनार भन्छन्,: ‘प्रहरी नआएको भए हामीलाई पनि मार्थे होलान्’

Gobinda 15 yearsआमैले गाली गरेपछि हामी त्यहाँबाट फर्कियौँ । अलि तल आइपुग्दा माथिबाट एक्कासि ढुंगामुढा सुरु भयो ।

चारैतिरबाट घेरा हाले । हामीले भेरीमा हामफाल्नेबाहेक कुनै विकल्प नै पाएनौँ । १८ जनामध्ये को कता गए, केही थाहै भएन ।

म भँगालो तरेर नदी तर्न लागेको थिएँ, तर तानेर कुटे । हँसिया, दाउरा र ढुंगाले हाने ।

हाम्रो गल्ती छैन भनेर बिन्ती गर्दा पनि उनीहरूले कुटिरहे । त्यतिवेला धन्न प्रहरी आइपुग्यो । नत्र हामी सबैलाई तिनीहरूले मार्थे ।

हामी त रातभरि डरले काँप्यौँ । अहिले पनि कतिवेला के हुने हो ? डर लाग्छ ।

सबैले सोध्छन्, घरमा पनि गाली गर्छन् । अहिले त झन् गाह्रो भएको छ ।

कहिलेकाहीँ त घरबाटै भागौँ जस्तो लाग्छ ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती भन्छन्, ‘घाइतेको आफ्नै खर्चमा उपचार गरेँ’

CP Ghartiयो अत्यन्तै बर्बरतापूर्ण हत्या भएको छ । अन्तर्जातीय प्रेमकै कारण ६ जनाको हत्या हुनु मानव जातिकै कलंकका रूपमा मैले यसलाई लिएको छु ।

पीडितले जसरी पनि न्याय पाउनुपर्छ । पीडितहरू मेरा नगर क्षेत्रका भएकाले मैले मृतकका परिवारलाई काजकिरिया खर्चसमेत उपलब्ध गराएको छु ।

घाइतेहरूले समेत उपचार नपाएपछि मैले व्यक्तिगत खर्च गरेर उपचार सुरु गरेको छु । अहिले जाजरकोट अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।

एक्स–रेलगायत जिल्लामा उपलब्ध सबै उपचार गरिरहेका छौँ । थप आवश्यक उपचार गराउँछु ।

र, पीडितले न्याय पाउनुपर्ने कुरामा कुनै दुईमत नै छैन ।

कसैको दबाब छैन, दोषी छिटै पत्ता लाग्छ : पोषराज पोखरेल, एसएसपी

घटना हुँदै गर्दा पुगेको प्रहरीले कुट्ने मान्छेलाई किन पक्राउ गरेन ?

वडाध्यक्षले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको छ । प्रहरीले माथिबाटै सिठी फुकेर र तल गएपछि क्रमशः घटनालाई नियन्त्रणमा लिएको छ । वडाध्यक्षसहित गाउँले र नियन्त्रणमा लिइएका युवाले समेत घटनाको यकिन विवरण नभनेपछि तत्काल प्रहरी अलमलिएको हो । उनीहरूलाई काम्दै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । त्यसैले यसमा शंका गर्नुपर्ने ठाउँ छैन । फेरि मृतकहरू ६ जना नै पौडी खेल्न जान्ने भएकाले उनीहरू पौडिएर कतै गए होलान् भन्ने अनुमान गरियो । त्यसैले शव नभेटुन्जेलसम्म प्रहरीलाई पनि त्यसबारे यकिन गर्न गाह्रो भयो ।

शव खोज्न र मुचुल्का उठाउँदा पनि प्रहरीले सहयोग गरेन भन्ने गुनासो छ ?

प्रहरीले घटनाको प्रकृतिअनुसार काम गर्छ । यहाँ नदीमा शव बगेको हुनाले निकालिएपछि प्रहरीले जे देखेको छ, त्यही मुचुल्का उठाएको हो । सहयोग त प्रहरीले आफ्नो क्षमताअनुसार गर्ने हो । अहिले धेरै जनशक्ति कोभिडको पूर्वतयारीमा खटिएका छन् । त्यसैले यो समस्या आएको हो । फेरि कोही चौकी रुङ्ने र अरू प्रशासनिक काम पनि गर्नैपर्छ । प्रहरीसँग शव खोज्न सक्ने दक्ष जनशक्ति छैन । जनशक्ति नभएकाले नै हामीले गोताखोर मगाएका हौँ । शव खोज्न नसघाउने भन्ने प्रहरीको नियत छैन ।

सुरुवातमा प्रहरीले मुद्दा दर्ता गर्न मानेन भन्ने आरोप छ नि ?

त्यस्तो छैन, कुरा नबुझेर हो । खासमा शव भेटिएपछि हामीले जाहेरी माग गरेका हौँ । तर, उहाँहरूले समयमा उजुरी नै दिनुभएन । बरु हामीले जाहेरी नै नलिई सम्भावित पीडकहरूलाई २४ घन्टाभित्रै पक्राउ गरेका थियौँ । उहाँहरू शव भेटिएपछि शोकका कारण अलि आक्रोशित हुनुभयो । आन्दोलनतिर लाग्नुभयो । जसकारण उजुरीमा ढिला भएको हो । प्रहरीले त पूरक निवेदनका आधारमा म्याद थप गरेर अनुसन्धान थालेको थियो । प्रहरीले उजुरी नलिने भन्ने कुरै हँुदैन । पीडितको सहजताका लागि जाजरकोटबाटै जाहेरी लिएर यता ल्याएका छौँ ।

समयमा प्रहरीले प्रमाण संकलन गरेनन् भन्ने छ ?

सुरुवातमा त घटनाबारे प्रहरीलाई थाहै भएन । वडाध्यक्षले लकडाउन उल्लंघन गरेर आएका युवालाई लैजान भनेपछि प्रहरीले ल्याएर घाइतेको उपचार र स्वास्थ्य परीक्षण गरेको छ । जतिवेला घटना भयो, त्यसको साँझ हावाहुरीसहित ठूलो पानी परेको छ । शव भेटिएपछि घटनास्थलमा पुग्दा रगत लागेका ढुंगा, काठलगायत प्रमाण भेटिएनन् ।

सुरुमा पीडित र पीडक दुवैले घटनाको यकिन विवरण बताएनन् । अभिभावकले पनि उजुरी गरेनन्, प्रहरीलाई तत्कालै यति ठूलो घटना भएको छ भन्ने नै प्रस्ट भएन । भोलिपल्ट सबै ठाउँमा प्रहरीले सर्च गरेको छ । भेटिएका प्रमाणलाई संकलन पनि गरेको छ । घटनास्थलमा प्रहरीले एउटा भाँचिएको र अर्को एउटा लाठी भेटेको छ । त्यसलाई सुरक्षित गरेका छौँ ।

राजनीतिक प्रभावले गर्दा प्रहरी अनुसन्धान फितलो भइरहेको छ भन्ने आरोप छ ?

हामीलाई कसैले प्रभावित पारेको छैन । बाहिर चर्चा भएजस्तो राजनीतिक या पीडक वा पीडित कसैको तर्फबाट पनि दबाब छैन । दबाब झेल्नुपर्ने अवस्था अहिलेसम्म छैन । प्रहरी जनशक्ति केही कम हुँदा र सूचना पाउन अन्योल हुँदा घटनाको सुरुमा केही आरोप प्रहरीमाथि लागेका छन् । तर, अब त्यस्तो छैन । नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

अनुसन्धानमा खुलेका विषय र जोडिएका मान्छेहरूलाई धमाधम पक्राउ गरिरहेका छौँ । आवश्यकताअनुसार थप मान्छेहरूलाई पनि पक्राउ गर्ने र अनुसन्धान गर्नेक्रम अझै जारी छ । बिल्कुल निष्पक्ष अनुसन्धान भइरहेको छ । अब छिटै दोषी पत्ता लाग्छ । हामी पीडितलाई न्याय दिलाउन केन्द्रित छौँ । हाम्रो टोलीले १८ घन्टा खटेर काम गरिरहेको छ । घटनाको तथ्य बाहिर ल्याउने र पीडितलाई न्याय दिलाउन प्रहरी आफ्नो क्षमताले भ्याएसम्म प्रतिबद्ध छ । 

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ अपडेट : अझै छट्पटाइरहेका छन् घाइते

अपडेट : सबैको शव अंगभंग भएको अवस्थामा भेटियो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: थप ७ जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

प्रहरी प्रशासनकाे दादागिरी : जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

‘रुकुम हत्याकाण्ड’बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..