रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

काठमाडौ । नेपाल पत्रकार महासङ्घले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा ५ व्यक्तिको ज्यान जाने घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको ठहर गरेको छ ।

npjouमहासङ्घले आज प्रेस विज्ञप्ती जारी गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा भएको रुकुम घटना मानवता विरुद्धको जघन्य अपराध भएको ठहर गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, “मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानूनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको छ, महासङ्घ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।”

महासङ्घले सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्री मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकलाई अपिलसमेत गरेको छ ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी किशोरीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य तीन चार जनाको शव पनि भेरी नदीमा भेटिएको छ ।

घटनामा अझै एक जना बेपत्ता छन् । निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घरसंस्थाले समेत आवाज उठाउँदै आएका छन् ।

मिति : २०७७।०२।१५
जातीय विभेदलाई लिएर पश्चिम रुकुमकोचौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिकव्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो । मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडागरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाकोनिष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षणगराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ ।

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्रीसंप्रेषण नर्गन र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई महासंघ हार्दिक अपिल गर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघ आग्रहगर्दछ । रमेश विष्ट
महासचिव

२ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..