२ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

काठमाडौं । युवा अधिकारका क्षेत्रमा क्रियाशील करिव २ दर्जन सामाजिक संघसंस्थाहरुले रुकुम पश्चिममा भएको घटनाको निष्पक्ष अनुसन्धानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

dalit mrityu

अन्तरजातीय प्रेमका विषयमा रुकुमपश्चिम चौरहजारी नगरपालिक वार्ड नम्बर ८ सोतीमा भएको मानवहत्यासहितको घटनालाई राजनीतिक संरक्षण नदिई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न अधिकारकर्मीहरुको माग छ ।

कथित उपल्लो जातकी युवती र दलित समुदायका युवकबीचको प्रेमका विषयलाई लिएर केटी पक्षको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ भने एक बेपत्ता छन् ।

जेठ १० गते प्रेमिका लिन साथीहरुसहित नवराज विक सोती पुगेका थिए । तर स्थानीयको आक्रमणमा परी नवराज र उनीसँगै गएका चार जना साथीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् ।

अधिकारकर्मी युवाहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राज्यको विभेदकारी नीति तथा अमानविय सामाजिक संरचनाको कारणले दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम रहेकाले मृतक नवराज विक र उनका साथीहरूलाई गलत देखाउने मनसायले विभिन्न खालका कुतर्क गरी गलत ब्याख्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले घटनामा राजनीतिक संरक्षणको आशंकासमेत गरेका छन् ।

‘घटनाको प्रकृति हेर्दा यो अमानवीय तथा मानवीय कलंकको रुपमा रहेको जातीय छुवाछुतको आधारमा भएको घटना हो भन्ने प्रष्ट देखिन्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न जोकोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

उक्त घटना घटेपछि अझै पनि वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजी गरी पीडितलाई न्याय प्रदान गर्न र आगामी दिनमा यस प्रकारका घट्ना घट्न नदिन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

जाजरकोट भेरी नगरपालिका वार्ड नं ४ का नवराज विकसहित १८ जना युवामाथि पश्चिम रुकुम चौरहजारीमा सोतीका वार्ड अध्यक्ष सहितले आक्रमण गरेको उनीहरुको दावी छ ।

कानुनले नै जातीय विभेद र छुवाछुतलाई बन्देज गरेपनि आधुनिक समाजमा जातका नाममा छुवाछुतजन्य घटना हुनु मानवजातीकै लागि लज्जाको विषय भएको अधिकारकर्मीको भनाई छ ।

‘मानव सभ्यताका लागि यो कालो धब्बा हो । रुकुम घटना यसको पछिल्लो प्रतिनिधिमुलक उदाहरण मात्र हो,’ उनीहरुले भनेका छन् ।

ऐक्यबद्धता जनाउने संघ संस्थाहरु

नरेन खतिवडा, युथ एड्भोकेसी नेपाल
दिपक सोनी, ग्रासरुट्स डेभलपमेन्ट फाउन्डेसन
जगदिस ऐर, आयोन
योगेन्द्र विजय दाहाल, साडेड नेपाल
दया सागर श्रेष्ठ, दिगो विकास राष्ट्रिय अभियान नेपाल
सुजन घले, राष्ट्रिय युवा महासंघ नेपाल
महेन्द्र थापा, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल
लोकराज अवस्थी, फोर एच नेपाल
एलएन दवाडी, हरियाली संस्था
हरी देवकोटा, एकिकरण नेपाल
तुलसी देवकोटा, नाफान
राम रोहन पन्त, ग्लोवल पिस फाउन्डेसन
प्रितिका कुमाल, फिमेल युथ नेपाल
सुन्दर सेनी, दलिय युथ एलाईन्स
प्रविन कुमार रेग्मी, युनाईटड युथ फर वल्ड पिस
तिलोतम पौडल, जेसीवाईसियन
भक्ती शाह, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको विद्यार्थी मंच नेपाल
संजोग ठकुरी, हामी दाजुभाई
सुलभ वराल, युवा
पम्फा परियार, एडवान
राजेस घिमिरे, युवाको साथ साथ आवाज
सन्तोष मर्हजन, युवालय

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ ‘कनेक्सन’

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..