रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ ।

rknewsssभेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव भेरी नदीको खोचमा फेला परेको प्रहरीले जानकारी दिएको हो ।

स्थानीयले सञ्जुको शव नदीमा फेला पारेको र मुचुल्काका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

यो सँगै मृतकको संख्या ५ पुगेको छ । भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही भने अझै बेपत्ता छन् ।

भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

4lasयसै गरी आज घटनामा मारिएका ४ जनाको भेरी नदीमा दाहसंस्कार गरिएको छ ।

४ जनाकै शवलाई बिहीबार फरक-फरक स्थानमा सामाजिक परम्पराअनुसार भेरी नदीको किनारमा जलाइएको छ ।

मृतक नवराज विक र सोती शुष्मा शाहीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए ।

यता, शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले बताए ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल छन् ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..