पूर्व सतर्कता अपनाउनको लागी रूपन्देही सुनचाँदीद्वारा पसल बन्दको आह्वान

अमिर रामदाम चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले ल्याएको नीतिलाई समर्थन गर्दै सुनचाँदी व्यवसायी बन्द गर्ने निर्णय गरिएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वि.विश्वकर्माले जानकारी दिएका छन् ।

Rupandehi gold newsसंघको सचिवालय बुटवलमा बसेको बैठक पश्चात विज्ञप्ति जारी गर्दै चैत ९ गते आज देखि नै लागू हुने गरी बन्द आह्वान गरेको र सुरक्षित भएर बस्नको लागी अनुरोध गरिएको संघका अध्यक्ष विश्वकर्माले बताएका छन् ।

आज हामी बिहान मात्र बैठक बसिएकोले यस पूर्ण रूपमा भोलीदेखि कार्यान्वयन गरिने अध्यक्ष विश्वकर्माले भने ।

सुनचाँदी व्यवसाय भनेको अति संवेदनशिल व्यवसाय रहेको र सुरक्षाको दृष्टिकोणले पनि यो समय भनेको गम्भिर रहेकाले बन्द आह्वान गरिएको अध्यक्ष विश्वकर्माले बताए ।

यता चितवन जिल्लामा भने ८० प्रतिशत सुनचाँदी व्यवसायीहरू पूर्व सतर्कता अपनाउँदै आजदेखि नै व्यवसाय बन्द गरेर बसेका छन्।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले भने अब दिउँसो २ बजे उधोग वाणिज्य संघ चितवनमा आवद्धता रहेका वस्तुगत संघहरू संग संयुक्त वैठक बसी साझा अवधारणा जारी गरिने बताएका छन् ।

Rupandehi1Rupandehi123Rupandehi1newsRupandehi145तस्वीर : अमिर रामदाम, चितवन

Kantipath Media

यो छुट्टाउनु भो कि..