शैलुङमा उपाध्यक्षका ससुरादेखि वडाध्यक्षको नामसम्मका सडकमा पार्टीको लगाम !

नेकपा (एमाले) दोलखाको शैलुङ गाउँपालिका पार्टी कमिटीले शैलुङ गाउँपालिकाको गाउँसभाबाट पारित गलत निर्णय सच्याउन निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष भारत दुलाल, उपाध्यक्ष लालमाया योञ्जन एमालेबाट निर्वाचित भएका हुन् । पार्टी कमिटीको तर्फबाट बिज्ञप्ति जारी गर्दै पालिका इन्चार्ज धनबहादुर तामाङ्ग, अध्यक्ष थिरबहादुर तामाङ्ग र सचिव गणेश कार्कीले उक्त निर्देशन दिएका हुन् ।

गाउँपालिका उपाध्यक्षका ससुरा, वडाअध्यक्षहरुको नामबाट स्थानीय सडकको नामकरण गरिनु पार्टीको नीति र सिद्धान्त विपरित भएको जनाईएको छ । हाल फेरिएका सडकको नाम पुरानै कायम गर्न र दिर्घकालिन महत्वका निर्णय गर्दा पार्टीसंग समन्वय गर्न भनिएको अध्यक्ष थिर बहादुर तामाङ्गले बताए ।

शैलुङ गाउँपालिकाले गाउँपालिकामा निर्माण भईरहेका एक दर्जन बढी वडास्तरीय सडक योजनाको नाम जनप्रतिनिधि र आफन्तको नामवाट नामाकरण गरेको छ, पार्टीले निर्णय फेर्न निर्देशन दिएको भएतापनि उक्त काम ठोस रुपमा अघि बढेको छैन । गाउँसभाले सर्वसम्मतले सडकको नामाकरण सम्वन्धी प्रस्तावलाई पारित गरेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष लालमाया योञ्जनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उल्लेखित गाउँपालिकाका सडकलाई सहिद, वडा अध्यक्षहरु र पूर्व जनप्रतिनिधिको नामवाट नामाकरण गर्न गाउँ सभामा प्रस्ताव गरेकी हुन्।

गाउँसभाले सवै वडा अध्यक्षहरु, दुई जना सहिदको नामवाट सडकको नामाकरण गरेको छ । नामाकरण गरिएका १४ वटा सडकका लागि ५ लाखदेखि १० लाखसम्म बजेट बिनियोजन गरिएको छ । १३ वटा सडकको नामाकरण गरिएकोमा ८ जना वडा अध्यक्ष, १ जना सहिद, ३ जनापूर्व जनप्रतिनिधि र एक जना पूर्व शिक्षक रहेका छन् । सडक नामाकरण गरिएका वडा अध्यक्षहरुमा बिर्खवहादुर तामाङ, शुक्रध्वजलामा, ध्रुवश्रेष्ठ, भरत ढुँगेल, किरण बस्नेत, राजु खड्का र धावावाङ्गेल लामा रहेका छन् । धावावाङ्गेलको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

पूर्व गाविस अध्यक्ष एवँ एमाले शैलुङ गाउँपालिका संगठन कमिटीका अध्यक्ष थिरवहादुर मोक्तान र पूर्व गाविस उपाध्यक्षहरु बिरवहादुर तामाङ र सितालाल घिसिङका नामवाट पनि सडकको नामाकरण गरिएको छ । फस्कुका पूर्व गाविस अध्यक्ष एवँ एमाले नेता गुणवहादुर बुढाथोकीको नामवाट भने तामाकोसीको चर्णावतिमा निर्माणाधिन बृद्धाश्रम भवनको नामाकरण गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

पूर्व उपाध्यक्ष बिरवहादुर गाउँपालिका उपाध्यक्ष लालमाया योञ्जनका ससुरा पनि हुन् भने अर्का पूर्व उपाध्यक्ष सितालालको निधन भईसकेको छ । केहि पुर्व जनप्रतिनिधिले भने आफ्नो नामबाट नामकरण हुँदा सल्लाह नभएको भन्दै निर्णय फेर्न भनेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..