annapurna add

avoli sasakambaidhanik Ijalash copyप्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलास गठनमा फेरि पनि समस्या देखिएको छ ।

अघिल्लो बुधबारको संवैधानिक इजलासबाट हरिकृष्ण कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउलान् भन्ने चासो थियो ।

वरिष्ठता क्रममा दुई नम्वरमा रहेका दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत हुँदाहुँदै राणाले सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा सहभागी गराएका छन् ।

मल्ल पूर्व नेकपा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भइसकेकी छन् । हरिकृष्ण कार्की विवादमा आएर संवैधानिक इजलासमा नबस्ने निर्णय गरिसकेपछि पनि राणाले त्यसबाट सबक नसिकेका एक जना वरिष्ठ अधिवक्ताले  बताए । प्रधान वरियतामा १० औं नम्बरमा पर्छिन् ।

अघिल्लो पटक कानून व्यवसायीले इजलासमै न्यायाधीश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भइसकेको हुँदा उनको नैतिकतामा प्रश्न उठाएका थिए । त्यसपछि कार्की स्वयंले इजलासमा नरहने घोषणा गरेका थिए । कार्की २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनका महान्यायाधिवक्ता थिए ।

प्रतिनिधि सभा विघटनविरूध्द परेका रिटमाथि सर्वोच्च अदालतमा ठूलै संख्यामा कानुन व्यवसायीहरुले नाम दर्ता गराएका छन् । सोमबारसम्म दुवै समूहका गरी १८६ जनाले कानुन व्यवसायीले बहस गर्न नाम दर्ता गराएका छन् ।

अर्को त, कानून व्यवसायी प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा जटिल संवैधानिक प्रकृतिको भएको हुँदा पाँच सदस्यीय संवैधानिक इजलासबाट नभई पूर्ण बृहत् इजलासमा लैजानुपर्ने माग पनि राख्दै आएका छन् । कानून व्यवसायीहरुले आज पनि यो विषय उठाउने बताएका छन् । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विटघन गरेकी थिइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...