प्रहरीसँगको झडपमा परि बरिष्ठ नेता पशुपति सम्शेर राणा घाइते

विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

123 min

जमलमा भएकाे प्रहरीसँगको झडपमा परि राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा घाइते भएका छन्।  जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप उनि घाइते भएका हुन ।

राणाले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व गरेका थिए ।  

राप्रपा कार्यकर्ता जमल चोकदेखि आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले बल प्रयोग गर्दा राणा भाइते हुन पुगेका हुन्।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..