शैलुङ्ग भ्युटावर दोलखाको कि रामेछापको ? एउटै संरचना २ गाउँपालिकालाई जिम्मा !

दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ्ग डाँडामा रहेको भ्यु टावर दोरम्बा गाउँपालिकालाई हस्तान्तरण गरिएपछि विवाद चर्किएको छ । गत सोमबार सस्कृति, पर्यटन तथा उड्यान मन्त्रालय पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख कमान सिंह तामाङ (मोक्त्तान)ले सयुक्त हस्ताक्षर गरि निर्माण सम्पन्न भएको तीन तले ‘भ्यूटावर’ हस्तान्तरण गरिएको हो ।

रामेछापको दोरम्बा गाउँपालिकालाई हस्तान्तरण गरिएको भ्यूटावरको संरक्षण तथा उपयोग गर्ने सहमति सहित् प्रदान गरिएको छ । लामो समयदेखि सो सम्पदाको कसले संरक्षण, संचालन र उपयोग गर्ने भन्ने विषयमा दोलखाको शैलुङ्ग गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाबीच विवाद् रहदै आएको थियो ।

सोहि संरचना २०७६/०५/०८ गते पर्यटन बिभागका तत्कालिन महानिर्देशक डण्डुराज घिमिरेले भ्युटावर दोलखाको शैलुङ्ग गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । अहिले सोहि संरचना अर्को जिल्लाको गाउँपालिकालाई हस्तान्तरण भएपछि विवाद चर्किएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..