तरुण दलले नेकपालाई ठेगान लगाइदिने चेतावनी

tarundal mediadabali kantipathnewsकाठमाडौं – देशभर एकपछि अर्काे गर्दै नेकपाका कार्यकर्तालाई ज्यादती देखाउन थालेपछि नेपाली कांग्रेस निकट नेपाल तरुण दल प्रतिकारमा उत्रिने भएको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको गुण्डागर्दीको कडा विरोध गरेका छन् ।

तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास भएकोमा आक्रोशित तरुण दलले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

सत्ताको आडमा कम्युनिस्टलाई जोगाउन खोजे तरुण दल आफैं प्रतिकारमा उत्रिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिइएको छ ।

नेकपाका कार्यकर्तालाई गरिरहेको निकृष्ट कार्यको डटेर प्रतिकार गर्न महासचिव शाहीले देशभरका तरुण कार्यकर्तालाई आह्वान समेत गरेकाे छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..