annapurna add

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाईका प्रहरी नायव निरीक्षक चौकी (इन्चार्ज) टठ बहादुर निरौला पेशागत आचार सहिता विपरित पेन्टी र गन्जीमा सर्वसाधारणको घर घरमा पसेको आरोपमा जिल्ला तानिएका छन् ।

जनताको सुरक्षा र सेवामा खटिन आएका इन्चार्ज निरौला भदौं ३० गते मध्य राति करिव ११ः३० सर्वसाधरणको घरमा मात्र पेन्टी र गन्जीमा पुगेका थिए । उनी मध्य रातमा मदिरा सेवन गरेर सर्वसाधरणको ढोका ढकढक्रयाउन पुगेका थिए ।

निरौला भदौं ३० गते मध्य रात करिव ११ बजेको समयमा प्रहरी चौकीबाट करिव दुई सय मिटरमा सोही ठाउँका लोक बहादुर खड्काको घरमा छोटो पेन्टी र गन्जी लगाएर पुगेका थिए । लोकबहादुर सहित दुई बुहारी र नातिनी सुतिरहेका थिए । राति मस्त निन्द्रामा करिव ११ बजेको समयमा लोकबहादुरको माइली बुहारी सुमित्रा खड्काले २ महिनाको बच्चा रुएर दुध खुवाई रहेकी थिईन । सुमित्रासँगै भान्जी पनि सुतेकी थिईन् । चरक चरक आवाज सहित कोही मान्छे घरमा आएको जस्तो चाल सुनिएपछि ढोका खोलेर हेर्दा कसैलाई देखिइन, सुमित्राले । उनले भनिन् ‘भ्रममा परे जस्तो भयो ।’

त्यसको करिव १५–२० मिनेट पछि भान्जी पिसाब फेर्न उठदा ढोकामा चप्पल र ढोका छेउमै एक जना मान्छे पेन्टी र गन्जीमा देखियो । ‘ढोका छेउमा मान्छे देखेपछि भान्जी आतिए ।’ सुमित्राले भनिन्, ‘त्यसपछि म सहित जेठानी अन्जु र भान्जी कराऔं ।’

ढोका छेउमा बस्ने को हो रु भनेर सोध्दा , प्रहरी नायव निरीक्षक निरौलाले डिउटीमा आएको बताए । मध्य राति के भयो रु कसको डिउटीमा आएको सइ साबलाई सोध्दा ‘बोलाउने बेलामा बोलाईस् अनि कसको डिउटीमा भन्छस भन्न थाले ,’ सुमित्राले भनिन् ‘ सई साबले डिउटीमा छु, छिमेकीको घरमा डिउटी गर्न नपाईने रु लगायत तथानाम भन्न थाले । मान्छेलाई गुहार माग्न थालेपछि मोबाइलमा कुरा गरे जस्तो गरेर भागे ।’ सुमित्रा र अन्जुको श्रीमान बैदेशिक रोजगारको सिलसिलमा खाडीमा छन् ।

त्यस्तै सोही मितिमा मध्य राति करिव ११ः२५ बजेको समयमा कृष्ण बहादुर बस्नेतको घरमा पनि पुगेका थिए । उनको घर पनि करिव प्रहरी चौकीबाट डेढ सय मिटरको दुरीमा छ । मध्य राति आफ्नो घरमा एक जना यता उता गरेको चाल आएपछि उठेर चोर चोर भन्दै हार गुहार गरेपछि स्थानीयहरुले घेरा हालेर पेन्टी र गन्जीमा रहेको पुरुषलाई पक्राउ गर्न सफल भएको कृष्णबहादुरका छोरा गजेन्द्र बहादुरले बताए ।

गाउँलेहरु जम्मा भएर हेर्दा सिवाई सुन्दरपुर प्रहरी चौकीका इन्चार्ज निरौला हो भन्दै स्थानीयहरुले कुटी नहालेको छोरा गजेन्द्रले बताए । प्रहरी चौकी इन्चार्ज निरौला हात खुट्टा हिलोले लतपतिएर मस्त रक्सी खाएको अवस्था रहेको थियो । त्यसपछि प्रहरी चौकीमा जिम्मा लगाएको गजेन्द्रले बताए ।

प्रहरी नायव निरीक्षक निरौलाको हर्कतको बारेमा खड्का परिवारले विहान प्रहरी चौकी सिवाईमा जानकारी गराएका थिए । प्रहरी नायव निरीक्षक निरौलाले अव यस्तो हुँदैन भन्दै माफी मागेको समेत सुमित्राले बताईन् ।

स्थानीयहरुका अनुसार सेवाग्राहीसँग छिटो मुख लाग्ने गरेको समेत आरोप लगाएका छन् । कुनै सेवाग्राही काम विशेषले जाँदा उल्टै मुख लाग्ने गरेको स्थानीयहरुले जानकारी दिए ।

आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षामा खटिएका प्रहरी नै पेशागत आचार सहिता विपरित मध्य राति पेन्टी र गन्जीमा अरुको घरमा पस्दै गरेको देखिनुले शंका उपशंका अवश्य उब्जिन्छ । यसले के सन्देश दिन्छ स्थानीयहरुको गुनासो रहेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालसँग बुझ्दा जनप्रतिनिधि र स्थानीयको गुनासोको आधारमा सिवाई प्रहरी चौकीका इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको बताए । याे समाचार मिर्मिरेअनलाइनबाट साभार गरिएको हो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार