पदमुक्त भएका प्रदेश २ का प्रमुख तिलक अदालत जाने

tilak pariyar

राजनीतिक गुट उपगुटको आशंकाका कारण आफूलाई पदमुक्त गरिएको भन्दै प्रदेश २ का पदमुक्त गरिएका प्रदेश प्रमुख तिलक परियार अदालत जाने भएका छन् ।

तिलक परियारलाई प्रदेश २ को प्रमुखबाट बर्खास्त गरेसँगै दलित अगुवा सरकारसँग आक्रोसित, निकाले यस्ताे विज्ञप्ती

तिलक परियारलाई हटाएर ओलीले दलित समुदायकै अपमान गरे : अध्यक्ष प्रचण्ड

कुनै पनि स्पष्ट कारण विना र आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएका बेला हटाईएको भन्दै परियार अदालत जाने तयारीमा लागेका हुन् ।

पूर्व माओवादी खेमाबाट प्रदेश प्रमुख नियुक्त भएका परियारले आफूलाई हटाउनु दलित समुदायमाथिको समेत अपमान भएको बताएका छन् ।

ओली सरकारले प्रदेश नंबर २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका छन् ।

हिजो मात्रै उनलाई हटाएर सो ठाँउमा पत्रकार राजेश झा ( अहिराज )लाई राष्ट्रपतिले नियुक्ति गरेर शपथ खुवाएकी थिईन् ।

सरकारले प्रदेश नम्बर २ को प्रमुखबाट तिलक परियारलाई बर्खास्त गर्दै राजेश झालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले परियारलाई पदमुक्त र झालाई नियुक्तको राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गर्दै झालाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा झाले शपथ लिएका हुन् । शपथग्रहण समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने बहिस्कार गरेका छन् । संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा जानु पर्ने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए । तिलक परियार जनयुद्ध लडेका पूर्व माओवादीका नेता हुन् । (नेकपा) विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले परियारलाई बर्खास्त गर्न दवाव दिइरहेको थियो । यसैबीच सरकारले परियारलाई पदमुक्त गरेसँगै दलित अगुवाहरु आक्रोसित भएका छन् । गणतन्त्र ल्याउन पसिना बगाएको दलित नेतालाई अपमान गरेर पदमुक्त गरिएको भन्दै उनिहरुले विरोध समेत जनाएका छन् । उनीहरुले यो घटनाले प्रधानमन्त्री ओली दलितप्रति अझै पूर्वाग्रही रहेको समेत बताएका छन् ।

सामाजिक संजालमा दलजीत श्रीपाइलीले प्रधानमन्त्री ओलीलाई प्रतिगमनका मतियार भएको बताउँदै छापामार शैलीमा २ नं.प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर उत्पिडित वर्ग, क्षेत्र,समुदाय विशेषतः दलित समुदायमाथि घाेर हमला गरेकाे बताउँदै दलित विराेधी आफ्नाे बानीकाे उजागर गरेकाे बताएका छन् । प्रधानमन्त्री ओली नष्लवादी भएको बताउँदै सरकार दलित समुदाय विराेधी हाे भन्ने पुष्टि भएकाे बताउँदै श्रीपाइलीले जनयुद्ध ,जनआन्दोलन, मधेश तथा उत्पिडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायकाे अधिकारका संघर्षको उपलब्धिहरुमाथि प्रहार बताएका छन् । उनलवे अभिजात वर्गकाे नेतृत्वले दलित समुदायमाथि गरेकाे अराजनीतिक र अवैधानिक निर्णयकाे खारेजीको लागि उत्पिडित वर्ग,समुदाय र विशेषतः सम्पूर्ण दलित समुदाय एकजुट भै सशक्त संघर्षमा उत्रिन अपील समेत गरेका छन् । त्यस्तै अर्का दलित अगुवा दलमर्दन कामीले सरकार ब्रहणवादी सोँचबाट मुक्त हुन नसकेकै कारण परियारलाई पदमुक्त गरिएको बताए । उनले यसको विरोध गर्न अपील समेत गरेका छन् ।

यसैबीच (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह निकट नेपाल दलित मुक्ति स गठनले विज्ञप्ति जारी गरेर परियारलाई पदमुक्त गर्ने निर्णयको विरोध जनाएका छन् । संगठनका सहइन्चार्ज दलजीत श्रीपाइली र सहसंयोजक गणेश बिकले संयुक्त विज्ञप्ति जारी गरेर दलित विरोधी सरकारको निर्णयविरुद्ध संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..