जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

1586360308army head

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ ।

1586360308army headमहाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।

गोदावरीमा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने
गोदावरी नगरपालिकामा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ ।

आज यहाँ सम्पन्न ‘प्रथम आवधिक नगर विकास योजना तर्जुमा बृहत कार्यशाला गोष्ठी’ मा सो नगरपालिकाका साथै ललितपुर महानगरपालिकाको फोहर सङ्कलन र व्यवस्थापन गर्न मिल्ने वातावरण तयार गर्न लागिएको जानकारी दिइयो ।

नगरपालिका–७ बुरुनचुलीको १२ रोपनी जमीनमा आधुनिक प्रशोधन केन्द्र सञ्चालन, सात स्थानमा आधारभूत पूर्वाधारसहितको बजार विकास तथा व्यवस्थापन, जीर्ण काठका पोल प्रतिस्थापन, खुलातारलाई इन्सुलेटर र भूमिगत प्रणालीमा लान नेपाल विद्युत् प्राधिकरणसँग समन्वय र पैरवी भइरहेको छ । यस्तै सोलार, बायोग्यास र सुधारिएको चुल्होको प्रवद्र्धन, कौशी खेती, कलकारखानाबाट निस्कने फोहर तथा प्रदूषण अनुगमन, एक वडा एक उद्यान, अपाङ्गमैत्री नगरपालिका तथा वडा कार्यालय भवन निर्माण गरिनाका साथै स्तनपान कक्ष व्यवस्था, असहाय तथा विपन्न अवस्थामा रहेका नगरवासीलाई करको छुट, मौलिक गीत, नाच, कला प्रदर्शनीको संरक्षण गरिने रणनीति तयार भएको जनाइएको छ ।

सो नगरपालिकाले सार्वजनिक गरेको योजना तर्जुमा पुस्तकमा कृषिलाई आधुनिक तथा व्यवसायिकतातर्फ उन्मुख गरिने, नगरपालिकाका कूल जनसङ्ख्यामध्ये ९३ प्रतिशतको आफ्नै घर रहँदा बाँकी सात प्रतिशतको जीवनस्तर सुधार्ने काम गरिने र नगरवासी मात्रै ९५ प्रतिशतसँग टेलिभिजन अनि ८० प्रतिशतसँग सामाजिक सञ्जालको पहुँच रहँदा सात प्रतिशत सबैका घर घरमा सो सेवासुविधा पु¥याइने लक्ष्य लिएको छ ।

कार्यक्रममा ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवालले गोदावरीमा भइरहेका अव्यवस्थित विकासलाई रोक्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले योजनाविहीन भएर कोही पनि व्यक्ति सजिलै गन्तव्यमा पुग्न नसक्ने भएकाले यसले आउँदा दिनमा अघि बढ्न मद्दत गर्ने मत व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य लालकुमारी पुनले परिणामुखी योजना पहिचान गरी अघि बढ्दा काममा सफलता प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरीमा भूउपग्रह नीति २०७६, जमीनको क्षमता र आवश्यकता अनुसारको मापदण्ड र योजना नरहेकाले यसतर्फ ध्यान दिने बताउनुभयो ।
भन्सार छली गर्ने दुई पक्राउ
प्रहरीले भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित आज दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् ।

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ । सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् ।

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु
बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ । नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

भण्डारीले प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका सङ्ख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र हस्तान्तरण २९८ रहेको प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले जनाएको छ ।
प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाउनुभयो । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिनुभयो ।
बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट
सामुदायिक माविको कार्य सम्पादनमा बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालय मुलुकमै उत्कृष्ट देखिएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना विद्यालयका रुपमा छनोट गरी शैक्षिक शत्र २०७५/७६ मा गरेका सामुदायिक विद्यालयको कार्य सम्पादन परीक्षणको हालै प्रकाशित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवलमा सामुदायिक माध्यमिक विद्यालय उत्कृष्ट देखिएको हो ।

मुलुकभरका नौ जिल्ला नमूना सामुदायिक विद्यालय छनोट गरी कार्यसम्पादन मूल्याङ्कनका आधारमा बुटवलका विद्यालय देशभरकै पालिकामा प्रथम भएको केन्द्रका प्रमुख उत्तरकुमार पराजुलीले जानकारी दिनुभयो । उहाँले परीक्षणमा ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका पालिका उत्कृष्ट ठहरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयको मुख्यतया चार सूचकमा विभाजन गरी मूल्याङ्कको गरिएको थियो । विद्यालयमा समग्र लगानी २७ सूचक, प्रक्रियाका ४६ सूचक, शिक्षकको योग्यता तथा उपलब्धता १५ सूचक र समुदायबाट विद्यालयलाई सहयोगलाई मानेर जम्मा ८९ सूचकमा बाडेर मूल्याङ्कन गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक निकायको कार्यसम्पादन परीक्षण सूचकमा विद्यालयमा गरिएको लगानी, प्रक्रिया, उपलब्धि, विद्यार्थी सङ्ख्या र नतिजालाई विषय क्षेत्र निर्धारण गरिएको छ । लगानीअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र समुदायको सहभागितासम्बन्धी सूचक छन् ।

प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह तथा अतिरिक्त क्रियाकलापसम्बन्धी सूचक छन् । उपलब्धि सम्बद्ध सूचकमा विद्यार्थीको विद्यालयमा नियमितता, विद्यालय छाड्ने र कक्षा दोहो¥याउने दर, विद्यार्थीको औसत सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि सम्बद्ध सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो । यी समग्र पक्षमा मुलुकभरका पालिकामा बुटवलका विद्यालय उत्कृष्ट भएको हो । परीक्षण पूर्वको चरण, परीक्षणको चरण र परीक्षण पश्चात्को चरणको विद्यालयको अवस्था हेरेर मूल्याङ्कन गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्य सम्पादन परीक्षण गरिएका देशभरका नौ जिल्लाका ९९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्य सम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्य सम्पादन भएका विद्यालय ९९६ मध्ये जम्मा बुटवल र दार्चुला उत्कृष्ट देखिएका छन् ।

कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रुपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ । यो २०.३ प्रतिशत छ । सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा छ । औसत अङ्कमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अङ्क छ भने कममा ६० प्रतिशत छ । रुपन्देहीकै अरु पालिकामा बढी अङ्क ८१ मात्रै छ भने कममा ४० छ । परीक्षणका लागि रुपन्देहीका १६ वटै पालिकाका सामुदायिक मावि परेका थिए । बुटवलका २० वटा सामुदायिक माविको मूल्याङ्कन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाहरूबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्य अनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । समग्र उपमहानगरलाई एउटा विद्यालय अर्थात् सिकाइ स्थलका रुपमा विकास गर्दै मुलुकभरमै पहिलो पटक शैक्षिक संगोष्ठी, स्थानीय पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ तथा पठनपाठन गराउनेदेखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बनाउने गरी योजना तय भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्राप्त नतिजाले विद्यालयको समग्र कार्य सम्पादनको अनुगमन गर्न सहज भई शैक्षिक क्षेत्रको सुधार र अरु प्रगतिका लागि दूरदृष्टि तय गरी आगामी योजना निर्माण गर्न मात्र नभई कार्यान्वयनका गर्दा ध्यान दिनुपर्ने पक्षबारे मार्ग निर्देश भएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल उपमहानगरपालिकाअन्तर्गत ३९ सामुदायिक विद्यालय छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र तीन मदरसा विद्यालय सञ्चालनमा छन् । कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या करिब २३ हजार छन् ।

अहिलेको नतिजाले अझ उत्कृष्ट बनाउन हौसला बढाएको बताउँदै उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले सबै पक्षको सहकार्य र समन्वयमा बुटवलको शैक्षिक गुणस्तर उत्कृष्ट बन्दै गएको उल्लेख गर्नुभयो ।
वार्ताका लागि समिति गठन सकारात्मक : कांग्रेस
नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मकरुपले लिएको जनाइएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बिबिसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान
नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गर्नुभयो ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेल्नुभएको छ । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।

साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै हुनुहुन्छ । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताउनुभयो । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाललाई कृषि प्रधान मुलुक भनेझैँ ‘टुरिज्म’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताउनुभयो । “हामीले आफ्नै खानालाई हेलचक्र्याइ ग¥यौं, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।’’ नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्नुहुन्छ ।

सो अवसरमा सचिव कोइरालाले मानिसको कर्मले व्यक्तिलाई महान बनाउने र त्यसको उदाहरण सेफ साह आम नेपालीको प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मान्छेको कर्मले महान बनाउँछ, हरेक कामको महत्व हुन्छ, बाँच्नका लागि मात्र हैन मातृभूमिप्रतिको स्नेहलाई रोक्न सक्दैन, मातृभूमि कति महत्व हुन्छ भन्ने कुरा सेफ साहको भावना र लगावले चरितार्थ गर्छ ।”

सचिव कोइरालाले नेपाली खानाको विश्वव्यापीकरणका लागि विशेष ब्राण्ड बनाएर प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाललाई ‘ग्यास्ट्रोनोमी टुरिज्म डेस्टिनेशन’ को रुपमा विकास गर्न सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी नेपालको शान र पहिचानलाई बढाएकामा सेफ साहलाई धन्यवाद ज्ञापन गर्नुभयो । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करीब २०० खानाको छनोटबाट केही खानालाई ‘सिग्नेचर डिस’का रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताउनुभयो ।
चैतभित्र भीमफेदी–कुलेखानी सडक स्तरोन्नति हुन्छः मन्त्री फुयाँल
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी चैत महिनाभित्र भीमफेदी–कुलेखानी काठमाडाँै सडक स्तरोन्नतिको काम सम्पन्न हुने बताउनुभएको छ ।
निर्माणाधीन सडकको निरीक्षण गर्दै मन्त्री फुयाँलले भीमफेदीदेखि कुलेखानीको हेबीसम्म सडक फराकिलो बनाउने, नाला तथा पर्खाल निर्माणको काम एवं ३७ मोडमा स्ल्याप ढलानको काम सम्पन्न भएको र अब अलकत्राको पिच बनाउने काम शुरु हुने जानकारी दिनुभयो । उहाँले मदन भण्डारी मार्गअन्तर्गतको उक्त खण्डको स्तरोन्नति प्रदेश राजधानी र सङ्घीय राजधानीबीचको यात्रावधि एकदेखि डेढ घण्टासम्म छोटिने दाबी गर्नुभयो ।

कूल रु ३२ करोड लागतमा सम्पन्न गर्ने गरी गत वर्षको फागुनमा सम्झौता गरिएको भीमफेदी–कुलेखानी सडकको स्तरोन्नतिको काम ७५ प्रतिशत सकिएको निर्माण कम्पनी मोतीदान जेभीका व्यवस्थापक शिव गौतमले जानकारी दिनुभयो । भीमफेदीदेखि चकमके देउरालीसम्म आठ किलोमिटर र देउरालीदेखि कुलेखानी हेबीसम्म ७.३ किलोमिटर गरी दुईखण्डमा निर्माणाधीन सडकको दुई भिन्नाभिन्नै निर्माण कम्पनीले काम गरिरहेको भए पनि एउटै व्यवस्थापनले हेरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको भैँसे–भीमफेदी सडकको स्तरोन्नतिको काम तीव्र पारिएको छ, जसअन्तर्गत हाल सडक फराकिलो पार्ने काम भइरहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटरको चौडा पार्ने, नाला निर्माण गर्ने तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गर्ने कार्य गरिने निर्देशनालयका निमित्त प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो । दुई वर्षभित्र सम्पन्न गर्ने शर्तसहित हेटौँडाको आशिष डिएस जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७९ साल असार २३ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।
पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको आज अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् । पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुनुहुन्छ ।
शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको आज शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गर्नुभयो । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध भएको जनाउँदै उहाँले विकास र समृद्धि नचाहने देशी÷विदेशी शक्तिले सरकारविरुद्ध लागेको आरोप लगाउनुभयो ।

देशको समस्या भनेको विकास र गरिबी भएको उहाँको भनाइ थियो । तीन वर्ष अघिको नभएका धेरै काम यस सरकारले गर्न सकेको बताउँदै उहाँले भन्नुभयो, “अब सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्नेछौँ ।” यहाँका अल्पसङ्ख्यक सन्थाल जाति राज्यको मूल प्रवाहबाट वञ्चित भएको जनाउँदै उहाँले यस्ता जातिलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा सवल बनाउन सके मात्र समृद्धिको लक्ष्य पूरा हुने धारणा राख्नुभयो ।

समारोहमा शहरी विकासमन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, मन्त्री डा शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्बाङ, प्रदेश–१ प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेश प्रमुख डोरमणि पौडेललगायतको उपस्थिति थियो ।
कांग्रेस अहिले सरकारमा जानु हँुदैन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आज यहाँ आयोजना गरेको सम्मान एवं रक्तदान कार्यक्रममा उहाँले यस्तो आफूमाथि गलत प्रचार गर्न थालिएको भन्दै आपत्ति जनाउनुभएको हो । “देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो”, पूर्वउपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “त्यतिबेला पनि मैले गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ ।” आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको बताउँदै पौडेलले आफूलाई प्रधानमन्त्रीको समेत प्रस्ताव आएको जनाऊ दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछाँै, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडँे ।”

राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उहाँको भनाइ थियो । नेता पौडेलले अहिले कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताउनुभयो ।

“कांग्रेसले अहिलेको प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो, मौका आयो भन्दैमा अहिले नै सरकारमा गएर जादु गर्न सकिन्न, कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्ने ?”, उहाँले भन्नुभयो, “चोचोमोचो मिलाएर सरकारमा जानु हुँदैन, जानै परे कमजोर पक्षलाई समातेर जाने हो, सिधै सरकारमा जाँदा दुर्घटना हुन्छ, संसदीय प्रक्रियाबाटै जानुपर्छ ।”

केन्ददेखि प्रदेश सरकारसम्ममा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणा राख्दै उहाँले देशमा कायमै रहेको राजनीतिक अस्थिरताको अन्त्य आवश्यक रहेको बताउनुभयो । देश र लोकतन्त्रमाथि आएको आएको सङ्कट टरेको छैन भन्दै उहाँले अझै पनि निरङ्कुशताविरुद्धको लडाइँ जारी नै रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुईतिहाइको सरकारलाई फालेर गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले जोगाएको टिप्पणी गर्दै उहाँले कुनै पनि पदको लोभमा आफू देश र लोकतन्त्रको रक्षा गर्ने मैदानबाट भागेर खुम्चिएर नबस्ने भनाइ राख्नुभयो । कांग्रेसमा अहिले कै नेतृत्वले पार्टी जोगाउन नसक्ने भन्दै नेता पौडेलले कांग्रेस पार्टीको उद्धार गर्ने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको उद्धार गर्ने बेला आएको छ, म यसको पक्षमा छु, पार्टी उद्धार गर्छु भनेर कोही सक्षम व्यक्ति आए म अझै त्याग गर्न तयार छु, तर देश र पार्टीलाई अलपत्र पारेर मैदानबाट भाग्दिनँ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, रमा पौडेल, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेता लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले प्रजातन्त्र सेनानी मिश्रले प्रजातन्त्र स्थापनामा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । त्यसअवसरमा विसं २०३२ देखि २०७६ सालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनलगायत सार्वजनिक क्षेत्रका लागि जग्गा दान गर्ने १८ दातालाई सम्मान गरिएको कार्यक्रममा सभापति एवं प्रतिष्ठानका अध्यक्ष सुरज मिश्रले जानकारी दिनुभयो । कार्यक्रममा १५ ले रक्तदान गर्नुभएको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..