बालिकालाई बन्दुक बोकाएर हिड्दा पक्राउ : छुटेपछि इगो साँध्न प्रहरीमाथि आरोप

प्रेसर कुकुर बम, डेटोनेटर, बारुद, पिस्तोल, गोली, ह्याण्ड ग्रेनेड बोकाएर सङ्गै हिडाएको आरोपमा पक्राउ विप्लव नेकपाका नेता चुडामणी ओलीले अहिले आएर बाजुराका तत्कालिन प्रहरी प्रमुख डिएसपी उद्धबसिंह भाट माथि प्रमाणित नहुने प्रकारको निराधार आरोप लगाएका छन्। उनले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिंदै, ‘डिएसपी उद्धब सिंह भाटले महिला बन्दीहरु माथि अनैतिक काम गरेको’ भन्दै आरोप लगाएका हुन् ।

भाट प्रहरी प्रमुख हुँदा बाजुरा प्रहरीले २०७६ कार्तिक २३ गते तत्कालिन अवस्थामा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १६ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट प्रहरीले एकै साथ १६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो।

पक्राउ परेका विप्लव समुहका नेता तथा कार्यक्रताबाट केही दस्ताबेज सहित महत्वपूर्ण कागजातहरु समेत नियन्त्रणमा लिएको थियो। त्यस बखत पक्राउ पर्नेमा केन्द्रिय सदस्य रोल्पा गंगादेब गाउँपालिका–३ जुनावाका बर्ष ५२ का चुडामणी ओली, बाजुरा त्रिवेणी नगरपालिका २ छतारा घर भएका जिल्ला कमिटी सदस्य डम्म सुनारसहित नरेश शाही, दिपक प्रकाश सुनार, अमलाल थापा र धर्म बहादुर थापा, उदय कसेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहारा, कुष्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह रहेका थिए।

उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात प्रहरीले फेला पारी बरामद गरेको थियो । पक्राउ पर्नेमा अधिकांश पढ्ने-लेख्ने उमेरका थिए, यस्तो बालापनमा किन लिएर हिड्नु भो भन्दै सम्झाउन खोज्दा चुडामणि उल्टै प्रहरीसँग जंगिएका थिए ।

झन्डै २० महिना जेल जीवन बिताएको ओलीसहितको टोली सर्वोच्च अदालतको आदेश पछि असार २४ गते रिहा भएको थियो । यस विषयमा डिएसपी भाटले भने, ‘मैले जिल्ला कमाण्ड गरेको बेला राज्यले विप्लव समुहलाई प्रतिबन्धित गरेको थियो, राज्यको निति कार्यान्वयन गर्नु प्रहरीको दायित्व हो कर्तव्य हो । आफ्नो कर्तव्य सित सम्झौता गर्ने गद्दार पुलिस म हुन सकिन।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..