एमाले स्थायी कमिटी बैठक ४ बजे बालुवाटारमा बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सरकारको प्रतिनिधिसभा विघटनको कदमविरुद्द एमालेका केही सांसद सहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।

यसका लागि आइतबार एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले हस्ताक्षर बुझाएका थिए ।

पार्टीभित्र आन्तरिक मतभेद् र विवाद चलिरहदा नै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण समेत मागेको थियो ।

आजको बैठकमा यी लगायत समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..