उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा : अब के खुल्छ, के खुल्दैन ? यस्तो छ नयाँ आदेश

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकाभित्र कारोना संक्रमितको संख्या घट्न थालेसँगै निषेधाज्ञा पनि क्रमस खुकुलो बनाउन थालिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिए पनि थप खुकुलो बनाइने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

जेठ १४ बाट उपत्यकामा खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थिएन । तर अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।

त्यसका अलावा निषेधाज्ञाको समयमा पनि सरकारले सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका लागि खोल्न दिने निर्णय गरेको छ । योसँगै अब उपत्यकाभित्र सञ्चालित सबै खाले वर्कशपहरुले रात्रीकालीन व्यवसायका साथै बिहानी सेवामा १२ घण्टा व्यवसाय खोल्न पाउने भएका छन् ।

सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..