प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

pkdnews of kantipathnewsपाटीका प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताईएको छ ।

विज्ञप्तिमा प्रकाण्डले मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गर्ने उल्लेख गर्नु भएकाे छ ।

विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गर्नु भएकाे छ ।

यस्तै विज्ञप्तिमा नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाह सम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख छ ।

साथै विज्ञप्तिमा चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय ब्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको कुरा उल्लेख छ ।

विज्ञप्तिको अन्त्यमा घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरिएको छ । विज्ञप्तिको पुर्णपाठ…

PKD pres

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

Kantipath Media

यो छुट्टाउनु भो कि..