annapurna add

mantrii sampati sarwajanik

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेको छ । वर्तमान सरकार गठन हुँदा एक पटक प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति सार्वजनिक भएपछि अद्यावधिक विवरण र नयाँ मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न रोकिएको हो ।

मन्त्रिपरिषद्का २२ मध्ये १० जना मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक छ । मन्त्री भएका योगेश भट्टराई देखि घनश्याम भुषालसम्मले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐनअनुसार हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।

कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुने भए पनि मन्त्रीहरूको पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन छ । अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सम्पत्ति सार्वजनिक गरिएको छैन ।

श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गंगा श्रेष्ठ, सञ्चारमन्त्री पार्वत गुरुङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको पनि सम्पत्ति सार्वजनिक भएको छैन ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत तथा सहरी विकासमन्त्री रामवीर मानन्धरको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीसहित ०७४ मा नियुक्त मन्त्रीको सम्पत्ति विवरण एकपटक सार्वजनिक गरिएको भए पनि पछि नियुक्त कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...