आज यसरी मनाइयाे विश्व ओजन तह बचाउ दिवस

World Ozone Day kantipathnewsबिश्वभरि जुनै पनि महादेश या देशका बिधालयका प्रार्थमिक अनि माध्यमीक तहको पाठ्यक्रममा ओजोन तह, जलवायू परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनेंर जानकारी दिइन्छ । हामीमध्य पनि धेरैले ओजोन तह अनि जलवायू परिवर्तन जस्ता मुद्धाहरु बिधालयस्तरमै पढेर अनि सुनेर चालपाएका हुनसक्छौं । संयूक्त राष्ट्रसंघका पनि बिभिन्न बिश्वव्यापी शैक्षिक प्याकेजहरु अनि पाठ्यक्रममा पनि यी मुद्धाहरु समावेश गरिएका छन् । बिश्वभरि बिभिन्न कार्यक्रमहरु हरेक बर्षको सेप्टेम्बर १६ मा ओजोन तह बचाऊ दिवस मनाइन्छ ।

बिश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन बिनाशक हानीकारक तत्वहरु को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाँउदछ । यस्ता हानीकारक तत्वहरुमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य बिभिन्न ९४ वटा रसायनहरु पर्दछन् । यस बिश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

स्म्रण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानीकारक किरणहरु लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाँउदछ । मानविय क्रियाकलापका कारणले गर्दा अनि अव्यबस्थित औधोगिकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरु च्यातिन अनि बिनाश हुन थालेको छ ।

स्मरण रहोस् यसरी बिनाश भएको ओजोन तह जति चाहेपनि मान्छेले आँफैं बनाउन सक्दैन्, मानव अनि सभ्यताको सुरक्षाका लागि ओजोनको संर्वधन अत्यन्त जरुरी छ । ट्राफिक जाममा गतिहीन ईन्जीनहरुको धुँवा अनि त्यसको तापबाट गाडीको पेन्ट अनि एयर कन्डीशनवाट क्लोरोफ्लोरो कार्वन उत्पन्न हुन्छ । ओजोन तहको वचावटका लागि भरपर्दो सार्वजनिक यातायातका साधनहरु को उपलव्धता अनि ईन्धनको कम खपत हुने साधनहरु जस्तै साईकल अनि पैदलयात्रा को प्रर्वधन जरुरी छ । त्यस्तै हामीले शरीरमा हाल्ने अत्तर अर्थात बडी स्प्रे अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरु लाई ओजोन तह बिनाशको प्रार्थमिक कारण मानिन्छ । यस्ता पदार्थलाई स्प्रे एरोसोल भनिन्छ जुन पचासौं बर्षदेखि उधोगमा प्रयोग हुँदै आएको छ । यस्ता स्प्रेमा क्लोरोफ्लोरो कार्वन हुन्छ, जसले ओजोन तहमा पुगेर परावैजनी तहसंग मिलेर ओजोनलाई बिनाश गर्दै क्लोरिनका रुपमा परिवर्तन हुन्छ । यस्ता क्लोरिनका एउटा अणुले हजारौं ओजोनका अणुहरुलाई बिनाश गरिदिन्छ ।

ओजोन को बिनाहसंगै घाममा हानीकारक किरणहरु आउने, क्यान्सर लगायत अन्य रोगहरु को बृद्धी हुने, जमिन जलचर अनि थलचरको जीवनमा नकारात्मक असर गर्ने अनि समग्रमा मानव अस्तित्वनै संकटमा पर्दछ । पृथ्वीको अन्य क्षेत्रमा २० प्रतिशतले ओजोन तह बिनाश भएको तथ्याकं भएपनि अन्टार्कटिका माथि भने चिसो मौसम अनि क्लोरिनको बाक्लोपनाको कारणले ८० प्रतिशत बढि ओजोन तह बिनाश भइसकेको छ, यस ठाँउलाई सन् १९८० देखि नै ओजोन दुलो भन्ने गरिन्छ ।

अर्कोतर्फ फोहोर मैलाको उचित व्यबस्थापन पनि क्लोरोफ्लोरो कार्वनको कमीका लागि जरुरी छ । दुर्भाग्य नेपालका अधिकाशं शहरहरुको अव्यबस्थित शहरीकरण, अचाक्ली आधुनिक अनि बिलासी जिवनशैलीको मुल्य ओजोन सतहले चुकाउनु त परिरहेको छैन् ।

हुन त सामान्यतया परमाणु शक्ति अनि न्यूक्लिएर भट्टिहरु नभएको साथै अत्याधिक प्रदुषण गर्ने भिमकाय उधोग पनि नभएको हिसाबले नेपाल तुलनात्मक रुपमा ओजोन सतह बिनाशको भागीदारमा कम भागमा पर्न सक्दछ तथापि पृथ्वीका सम्पूर्ण वासीले यो दुर्भाग्य सहन गर्नुपर्ने भएकाले हामी सचेत हुन जरुरी छ । बिकासको नाममा बिनाशको साटासाट गर्नु बुद्धिमत्ता पक्कै हैन्, तसर्थ अवको बिकासका पूर्वाधारहरु वातावरण मैत्रि अनि ओजोन सतह मैत्री पनि हुन जरुरी छ ।

आँउदा पुस्तालाई स्वच्छ अनि सुरक्षित बिश्वको आधार हस्तान्तरण गरिन जरुरी छ ।
घाम बिना सृष्टि संभव छैन्, घामका किरणहरु छान्ने ओजोनलाई बचाउन हाम्रो जिम्मा हो । ओजोन को सुरक्षामा हाम्रो अस्तित्व लुकेको छ । ओजोन तह सुरक्षा दिवसको शुभकामना 

हाम्रो पात्रो

 

Kantipath Media

यो छुट्टाउनु भो कि..