annapurna add

काठमाडौं, १५ असार । नेपाल एयरलाइन्सको सञ्चालक समितिमा पुन यति समुहकै व्यक्ति नियुक्त भएका छन् ।

yogesh bhattaraiसंस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले यति समुहद्वारा सञ्चालित अल्टिच्युड एयरका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा र प्रकाश पौडेललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

यति समुहको लगानी रहेको अल्टिच्युड एयरमा पूर्वपर्यटन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीसँगै ज्यान गुमाएका आङछिरिङ शेर्पाका दाई लाक्पा सोना शेर्पाको शेयर छ ।

कम्पनि रेकर्ड अनुसार २०७४ सालसम्म लाक्पा नै अल्टिच्युड एयरका अध्यक्ष थिए । तर, पछिल्लो अपडेटमा भने फुर्वा ग्याल्जेन शेर्पालाई अध्यक्ष बनाइएको थियो ।

पूर्व राजा विरेन्द्र शाहको सम्पत्ती नेपाल ट्रष्टले मनोमानी रुपमा यति समुहलाई दिएको भन्दै यसअघि तिब्र आलोचना भएको थियो । ट्रष्टको सम्पत्ति एकलौटी रजाइँ गर्ने यति समुहकै लगानीमा हिमालयन एयरलाइन्स सञ्चालनमा छ । सोही समुहका व्यक्ति नेपाल ट्रष्टमा समेत बोर्ड सदस्य छन् ।

tage shareयसअघिको सञ्चालक समितिमा समेत यति एयरलाइन्सकै व्यक्तिहरु सदस्य थिए । अल्टिच्युड एयरमै लगानी रहेका निमा नुरु शेर्पालाई विगतका सरकारले सञ्चालक समितिमा नियुक्त गरेको थियो ।

योगेश भट्टराईको पालामा समेत यति समुहकै हालीमुहाली भएको छ । ( दियोपोस्ट )

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर