अदालतको क्यान्सर अण्डा मन्साएर जाँदैन, एकजनाको राजिनामा निकास हैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्चमा जारी विवादबारे प्रतिक्रिया जनाएका छन्। मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमालेले न्यायालय स्वतन्त्र र निष्पक्ष होस् भन्ने चाहेको बताएका हुन्।

सर्वोच्च अदालत प्राङ्गणमा वरिष्ठ अधिवक्ताका भाषणमा भ्रष्टाचार र लेनदेनका कुरा आएको भन्दै उनले विभिन्न रूपमा न्याय किन्ने काम भएको कुरा अदालतकै न्यायाधीशबाट बाहिर आउँदा आफूहरु चकित भएको बताए।

‘श्रीमानजीहरूले आआफ्ना खुट्टा देख्दै छन्। सर्वोच्चभित्रको घटना बहुत दुःखद हो’, ओलीले भने। अमुक व्यक्ति हटिदिएपछि निकास ननिस्किने बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने पनि ओलीले दोहो¥याए। ‘सेटिङ खुलिसकेपछि सबै न्यायाधीशले पद छाडून्’, उनले भने, ‘चोलेन्द्रले राजीनामा दिएर अदालतको समस्या हट्दैन, अदालतको क्यान्सर कुखुराको अण्डा मन्साएर जाँदैन।’

ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’ एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..