Companies normally be certain that each professional writer they hire has native or superior written and spoken data of English or some other language they concentrate on. As a ultimate mention, you do not have to order essays. Any kind of academic paper is welcome and can be written. Research proposals, inventive writing homework, cover letters, literature commentaries, and others, may be covered by this wonderful platform. If you need one thing immediately, expect to pay more. An essay writer have to be compensated if he’s anticipated to drop every little thing and deal with your specific...
They be taught, too, that it is okay to revise an opinion in the mild of compelling evidence they’d not beforehand considered.. Students typically discover it difficult to know the means to finish their writing. One glorious method to end their discussion is to finish it with a query, a problem to the readers to form their own opinion on the issue in mild of the proof that has been presented. The great thing about incorporating dialogue and argument into the classroom is that you can simply build your classes around the interests of the students themselves. From the youngest college students...
Some type of protecting clothes was worn by many of the Norman horsemen, however normally, the foot soldier was much less nicely armored and plenty of soldiers wore no armor at all. The aggressive and land-hungry Normans – or âNorthmenâ- of Viking descent, had established a power base in northern France that turned the Duchy of Normandy. Though the Normans swiftly acquired the tradition of the French aristocracy, they by no means lost their taste for ruthless conquest. England, which the Saxons had made into one of the wealthiest states in Europe, offered wealthy pickings. The Normans...
Then you write a quantity of paragraphs, each with a brand new argument and evidence to assist your viewpoint. Topics for this type of essay can range lots, as any topic can use this format. As a rule though, they can often be sizzling button subjects. For instance, they may embody abortion, border control points, and the demise penalty. Just as a result of there are unsupported assumptions and flaws in the authorâs argument, itâs nonetheless possible that the conclusion is defensible. Reinforce the concept that there might be SOME merit to the authorâs argument.
The argumentative...
सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। कार्यदलका एक सदस्यका अनुसार आइतबारको बैठकमा कुरा मिलन नसकेपछि आज पुनः बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बसेपछि सहमति हुन सकेको थिएन्। पाँचै दलले पाउने सिट संख्या बाँडफाँट टुंगो लगाउन बसेको बैठकमा खासै केही प्रगति नभएको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी बनेको ती सदस्यले जानकारी दिएका छन्।
‘दलहरुको आ–आफ्नो अडान कायम हुँदा कुरा मिलेन’ ती सदस्यले भने, ‘कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने भन्ने भएको छ।’
कार्यदलले...
मिटरब्याजी श्याम परदेशी दम्पतिविरुद्ध मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण विभागले श्याम परदेशी भनेर चिनिने सर्लाहीको कविलास नगरपालिका–२ का श्यामकृष्ण साह र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ। उनकी पत्नी मन्जुदेवीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ।
देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका...
हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घटदै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घटदै गएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ । विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद् तथ्याङ्कमा उल्लेख छ । यसपछि विसं २०७७ को गणनामा भाले–पोथी गरी एक हजार ४२१ नाउर भेटिएको थियो । विसं २०७७ मा कोभिड–१९ का कारण चार ब्लगमध्ये...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले उत्तरपुस्तिका परीक्षणको...
२ जेठ पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।
यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका...
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक स्थानमा विजयी भएका छन् ।
कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१...
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ...
प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् ।
उनी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् । उनी विदेश सचिव भएर भारत फर्कंदै छन् ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ४ को नेकपा एमाले वडा कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।
सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ। यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओलीले बताए।
उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ...
हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको...
बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका २६५ जना प्रहरी जवानलाई बढुवा सिफारिस गरेको हो ।
प्राविधिक समूहमा संगीततर्फ रिक्त २२ जना र इीन्जयिरिङ उपसमूह सञ्चारतर्फ रिक्त २४३ जनालाई बढुवा सिफारिस गरिएको हो ।
हेरौं सूची:
5technical_ahc_2078-12-13Download
नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । महिलालाई हातपात गरेको आरोपमा उनलाई गएराति ठमेलबाट प्रहरीले पक्राउ गरेको हो । बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ । बम लाइ हिरासतमा राखेर प्रहरीले अनुसंधान गरेको छ ।
नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ । उहाँले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताउनुभयो ।
नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।” नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना...
हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । मृतक स्याङ्तान ट्र्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ः३० बजेको समयमा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो । उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।
चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो।
डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो। सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए ।
गृह मन्त्रालयले...
शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएकामा आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि...