आइतवार, माघ ६, २०८१

आफ्नै भवन वडा कार्यालय

आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेव पुर्याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिनुभयो । सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराउनुभएको थियो ।...

Continue reading

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ

२९ फागुन ९रासस÷एएफपी० ः – युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताउनु भएको छ । मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतवार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भन्नु भएको छ । रणनीतिक बन्दरगाह सहर मारिउपोलमा “मानवीय प्रकोप“ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा...

Continue reading

ट्राफिक नियन्त्रण तालिम सुरु

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका...

Continue reading

तारामण्डल अवलोकनको उपयुक्त गन्तव्यः ठूलाकोट

गण्डकी, २९ फागुन (रासस)ः उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको कास्कीको लेखनाथस्थित ठूलाकोट यस क्षेत्रकै ऐतिहासिक स्थल हो । ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौं अर्चले पनि नजिकै पर्दछ । ठूलाकोट एवं आसपासको प्राकृतिक सौन्दर्यताको चर्चा गर्दै कवि शिरोमणिले आफ्ना बाल्यावस्थाको स्मरण गर्दै रचना गर्नुभएको कवितामा लेख्नुभएको छ । “सङ्गातीसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’माकैले समथर फाँट टारहरूका चित्रे घना गोठमा ।जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो...

Continue reading

८ अक्षरको पासवर्ड २ सेकेन्डमा ह्याक हुने!

तपाई हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल होस् या बैंकिङ कारोबारका अकाउन्टहरु ती अनलाइन अकाउन्टहरु कतिको सुरक्षित छ त्यो तपाई हामीले प्रयोग गर्ने पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकको संख्यामा पनि भर पर्दछ । बिज्ञहरुका अनुसार पासवर्ड जति कमजोर भयो ह्याक गर्न त्यतिनै थोरै समय लाग्ने गर्दछ । पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकहरु जति धेरै संख्यामा भयो ह्याकरलाई उक्त अकाउन्ट ह्याक गर्न झनै धेरै समय लाग्ने गर्दछ । अमेरिकी साइबर सुरक्षा कम्पनि हाइभ सिस्टमले जारी गरेको एक रिपोर्ट अनुसार सात अक्षरको पासवर्ड ह्याक गर्नका लागि ३१ सेकेण्डमात्रै भए पुग्दछ । ६ वा त्योभन्दा मुनि अक्षर मात्रै प्रयोग भएका...

Continue reading

आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने...

Continue reading

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताउनुभयो । उहाँले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भन्नुभयोे, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।” रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख...

Continue reading

गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उहाँले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले रोजगारी र सेवासुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिनुभयो । “पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ”,...

Continue reading

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चार वटा क्यामेरा हराएका छन् । “बाघ गणनाका लागि राखिएका ठाउमा क्यामेरा फेला परेका छैनन्”, उहाँले भन्नुभयो, “कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ । बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास...

Continue reading

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हँुदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसीे भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस...

Continue reading

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उहाँले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती...

Continue reading

ग्याल्पो लोसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो । शेर्पा समुदायले नेपाल लगायत सिक्किम र दार्जीलिङमा ग्याल्पो ल्होसार मनाउने गरेको छ...

Continue reading

दुर्गमबाट काठमाडौं पढ्न आएका विद्यार्थीलाई नि:शुल्क इन्डक्सन चुलो बाँडिने

काठमाडौँ :अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ । सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो । केन्द्रका वरिष्ठ अधिकृत कुन्दन पोखरेलका अनुसार काठमाडाैं उपत्यकाका सरकारी र सामुदायिक संस्थाहरुमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत दुर्गमका विद्यार्थीले नि:शुल्क इन्डक्सनका लागि आवेदन दिन पाउनेछन् । ‘बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले...

Continue reading

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार राप्ती सोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । कँडेलका अनुसार बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली,सेना, बाँके निकुञ्जको संयुक्त सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो । ‘डार्ट गरी बेहोस बनाई बाघलाइ नियन्त्रणमा लिइएको हो,’ वन अधिकृत कँडेलले भने,‘ नियन्त्रणमा लिइएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिने छ।’पछिल्लो केही महिनादेखि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ र ६ मा बाघले पटक–पटक आक्रमण...

Continue reading

बम राखेको आरोपमा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ

राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिए ।  काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो ।  एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो । प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।

Continue reading

NPC directs to carry out feasibility study of tunnel construction in Myagdi

The National Planning Commission (NPC) has directed the authorities concerned to undertake a feasibility study on tunnel construction on Myagdi section of the Beni-Jomsom road. NPC Vice-chairperson Dr Biswo Poudel, who has come here for monitoring of the North-South Kaligandaki Corridor and Beni-Jomsom-Korala road project, directed to carry out a study on tunnel construction in Myagdi and blacktop the road in Mustang. Project Chief Jagat Prajapati shared that the vice-chairperson-led monitoring team had directed to carry out feasibility study for tunnel construction in two places along...

Continue reading

महाशक्ति राष्ट्रहरूको भू–राजनीतिक अखडा बनाउन खोजियो : बुद्धिजीवीहरू

काठमाडौँ — एमसीसी अनुमोदन गर्दा गरिएको व्याख्यात्मक घोषणाले नेपाललाई महाशक्तिराष्ट्रहरूको भू–राजनीतिक अखडा बनाउने खोजिएको बुद्धिजीवीहरूले टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभामा सत्तागठबन्धन बचाउने नाममा एमसीसी पास गराउनका लागि ल्याइएको व्याख्यात्मक घोषणा कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एक पक्षीय रूपमा संशोधन वा परिवर्तन हुन नसक्ने उनीहरुको भनाइ छ । बुद्धिजीवीहरु सूर्यराज आचार्य, रत्नसंसार श्रेष्ठ, निनु चापागाईं, पीताम्बर शर्मा, दीपेन्द्र क्षेत्री, श्याम श्रेष्ठ, ओम गुरुङ, बिन्दु शर्मा, शरद वन्त, खगेन्द्र प्रसाई, कृष्ण पौडेल, रामराज रेग्मी, विमल निभा, पुरुषोत्तम सुवेदी,...

Continue reading

प्रचण्डको सफलता: हुबहु पास हुनबाट रोकियो एमसीसी, के-के प्रावधान फेरिए ?

२०७४ मै अमेरिकी सहयोग नियोग मिलेननियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सम्झौता तथा असार २०७६ मै संसदमा दर्ता गरिएको अमेरिकी अनुदान सहायता सम्झौता बल्ल आइतबार (फागुन १५ २०७८) राति प्रतिनिधि सभाबाट पारित भएको छ। लामो समयदेखि विवादित एमसीसी वर्तमान सत्ता गठबन्धनका दलबीच लामै रस्साकस्सीपछि सरकारले ‘व्याख्यात्मक घोषणा’सहित संसदबाट अनुमोदन गराएको हो। सुरुमा मान्दै नमानेका सत्ता गठबन्धनकै दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यही ‘व्याख्यात्मक घोषणा’का आधारमा अन्त्यमा एमसीसी पास गर्न राजी भएका हुन्। धेरैलाई जिज्ञासा हुन सक्छ– एमसीसी अनुमोदनसँगै सरकारले संलग्न गरेको त्यो १२ बुँदे...

Continue reading

CPN (US) to treat MCC merely as financial aid project

The CPN (Unified Socialist) has, in regard with the Millennium Challenge Corporation (MCC) compact, decided to make its presence at the House with an explanatory proposal in order to bring MCC projects under jurisdictions of Nepal’s Constitution and law. A meeting of the party’s Standing Committee held today decided that the Project should not be considered as the ‘US military strategy’ and it should be purely implemented as the economic aid package for the country. The meeting was presided over by party Chair Madhav Kumar Nepal. According to party deputy general secretary and publicity...

Continue reading

एमसीसी पास गर्न लागिएको बारे प्रचण्डको पाँच बुँदे स्पष्टिकरण

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्ने निर्णय भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टिकरण दिएका छन् । पार्टीभित्र केही नेताहरुले एमसीसी पारित गर्ने विषयमा असहमति राखेसँगै प्रचण्डले पाँच बुँदे स्पष्टिकरण दिदै व्याख्यात्मक घोषणा सही कदम भएको उल्लेख गरेका छन् । उनले व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउदै अब गलत व्याख्या गर्न आवश्यक नरहेको बताएका छन् । यस्तो छ प्रचण्डको स्पष्टिकरणः हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सहि छ। हामीले गरेको अनुमान भन्दा धेरै माथिबाट “ब्याख्यात्मक प्रस्ताव” तयार भएको...

Continue reading

भूक्षय रोक्न जैविक तटबन्ध निर्माण

भूक्षय रोक्नका लागि शुक्लाफाँटा नगरपालिका–३ स्थित सनबोरा नदी र स्याली नदीमा जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ । वडा कार्यालयको रु दुई लाख र नेपाल रेडक्रस सोसाइटी शाखाको रु एक लाख गरी तीन लाखको लागतमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार स्याली नदीमा २०० मिटर र सनबोरा नदीमा १०० मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ । “दक्ष मजदुरको ज्याला, बाँस खरिदका लागि बजेटको व्यवस्था मिलाएका छौँ”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “स्थानीय बासिन्दाले टोलअनुसार पालैपालो तटबन्ध निर्माणका लागि श्रमदान गरिरहेका छन् ।” रेडक्रसले आर्थिक सहयोगसँगै...

Continue reading

नक्कली लाइसेन्स समात्न ट्राफिक प्रहरीको नयाँ मोबाइल एप

ट्राफिक प्रहरी नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न यातायात व्यवस्था विभागले माेबाइल एपको विकास गरेको छ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स प्रयोग गरि स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्नेछ । यो एप हाल एक वर्षे परीक्षणकालीन अवस्थामा रहेको छ । यस एपको प्रयोग पछि ट्राफिक प्रहरीले तत्काल शंकास्पद लाइसेन्स चेकजाँच गरि सक्कली वा नक्कली छुट्याउन सक्नेछ । यो भन्दा अघि...

Continue reading

India’s power secretary Alok Kumar calls on Minister Bhusal, Minister insists on power trade

A delegation from India comprising secretary at the Ministry of Power, Alok Kumar, including others today paid a courtesy on Minister for Energy, water Resources and Irrigation, Pampha Bhusal.During the meeting, matters relating to energy development, power trade, bilateral cooperation and mutual interests were discussed.On the occasion, the Minister stressed on the need of mutual cooperation for the utilization Nepal’s hydropower and thus advancing towards the path of economic prosperity.“Nepal’s hydropower should be utilised for the cause of both countries and a bilateral cooperation is needed...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत