ट्राफिक प्रहरी नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न यातायात व्यवस्था विभागले माेबाइल एपको विकास गरेको छ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स प्रयोग गरि स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्नेछ । यो एप हाल एक वर्षे परीक्षणकालीन अवस्थामा रहेको छ । यस एपको प्रयोग पछि ट्राफिक प्रहरीले तत्काल शंकास्पद लाइसेन्स चेकजाँच गरि सक्कली वा नक्कली छुट्याउन सक्नेछ ।
यो भन्दा अघि...
A delegation from India comprising secretary at the Ministry of Power, Alok Kumar, including others today paid a courtesy on Minister for Energy, water Resources and Irrigation, Pampha Bhusal.During the meeting, matters relating to energy development, power trade, bilateral cooperation and mutual interests were discussed.On the occasion, the Minister stressed on the need of mutual cooperation for the utilization Nepal’s hydropower and thus advancing towards the path of economic prosperity.“Nepal’s hydropower should be utilised for the cause of both countries and a bilateral cooperation is needed...
ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो ।सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
एपीएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान दिइन् । त्यसैगरी ममता...
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् ।अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् ।बुधबार कान्तिपथ संग कुरा गर्दै खनालले भन्नुभयो, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ ।हामी हाम्रो बाटो...
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको शछ ।
स्थानीय तह निर्वाचनको तयारी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तल्लो तहका कमिटीलाई परिपत्र जारी गरेका छन् । पार्टीबाट सम्भावित उम्मेदवारको रोस्टर तयार गर्नका लागि दाहालले स्थानीय र जिल्ला कमिटीहरूलाई परिपत्रमा उल्लेख छ ।
दाहालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘वडामा सक्षम, इमानदार र लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्ने ।’ वडामा सकरात्मक प्रभाव पार्ने व्यक्ति, शिक्षक, कर्मचारी, स्थानीय क्लबमा आबद्ध युवाहरू, विभिन्न धार्मिक समूह र प्रतिष्ठानमा आबद्ध व्यक्ति, ज्योतिष, धामीझाँक्री र धर्म गुरुहरूको नामावली संकलन गर्न र उनीहरूको राजनीतिक झुकावको पहिचान गर्न...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन ।
यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ ।
“यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन । भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ”, आचार्यले भन्नुभयो, “जनजीवन भने सामान्य...
देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।
बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाको...
नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो...
काठमाडाैँ । भन्सार विभागले आगामी फागुन २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो ।विभागले विभिन्न ४५ परीक्षा केन्द्रबाट परीक्षा लिने भएको छ ।
तालिका
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।
सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष डा शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गर्नुभयो ।
दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा...
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ । गत आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८-७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।
पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७-८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु...
निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो ।
भासिएको पुल पुनःनिर्माण नहुँदाँ निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । “ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुनसकेको छैन्”, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भन्नुभयो, “पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै...
इष्टनिन्दा गरेको आरोपमा गाँउवासीहरूले एक व्यक्तिलाई मारेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
मध्य पाकिस्तानमा मुस्लिम पवित्र ग्रन्थ कुरानका पानाहरू जलाएको आरोपमा भीडले एक व्यक्तिको हत्या गरेकोछ । सो घटना पश्चात दर्जनौं मानिसहरूलाई गिरफ्तार गरिएको प्रहरी र अधिकारीहरूले जानकारी गराएका छन् ।
इष्टनिन्दाको आरोपमा पाकिस्तानको तुलाम्बा गाउको मस्जिद बाट निस्केको भिडले एक जना व्यक्तिको हत्या गरेपछि मस्जिद बाहिर अनुसन्धानको लागि पुगेका प्रहरी
प्रधानमन्त्री इमरान खानले हत्यामा संलग्न भीड र मुकदर्शक भइ कारबाही नगर्ने प्रहरीहरु माथि कारबाही गर्न आदेश दिएका छन् ।“लिन्चिङलाई कानुनको पूर्ण कठोरताका...
दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भन्नुभयो, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै...
यहाँ आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर...
यहाँ मस्र्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।विविध कारणले यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताउनुभयो । उहाँका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ । त्यसका लागि १९३ वटा टावर आवश्यक पर्ने उहाँको भनाइ थियो । यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ ।
‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म...
जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो ।
पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो ।
एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’...
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।
दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । उहाँले केही...
दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम अघि बढ्न सकेको छैन । चुनावको समयमा निकै चर्चा पाउने चक्रपथ अहिले भने ओझेलमा परेको छ । एक दशक अघिदेखि निर्माण कार्य सुरु भएको चक्रपथ निर्माणको कार्य डेढ किलोमिटरममा मात्रै सीमित बनेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीका अनुसार अहिलेसम्म एक किलोमिटर मात्रै कालोपत्र भएको छ । चक्रपथलाई वैकल्पिक सडकका रुपमा लिइएको थियो । तर, हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–७ राजापुरदेखि रक्षाचौर आँखा अस्पताल–तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ...
तालिबानले काबुलमा २९ जना महिला र उनीहरूका परिवारलाई हिरासतमा लिएको छ, एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञले शनिबार भने, अफगानिस्तानमा अपहरण र अनिश्चित कालका लागि थुनिएका व्यक्तिहरूको बढ्दो संख्यामा चिन्ता थपिएको छ।
अफगान महिला, बालिका र मानव अधिकारका लागि अमेरिकी विशेष दूत रिना अमिरीले शुक्रबार पक्राउ परेका ४० जनामध्ये २९ जना महिला तथा बालबालिका रहेको बताइन्। “यी अन्यायपूर्ण हिरासत रोकिनै पर्छ,” उनले ट्वीटमा भनिन्।
यो पछि मेटाइएको छ, तर अन्य स्रोतहरूले पुष्टि गरे कि काबुलमा धेरै महिलाहरूलाई हिरासतमा राखिएको थियो। राज्य विभागले ट्वीट किन हटाईयो भन्ने बारेमा टिप्पणी गर्न चाहेन ।
बालिका...
सत्रौं शताब्दीसम्म पनि सार्वजनिक पदमा हुनेले निजी स्वार्थका लागि आफ्नो कार्यालय र पदको दुरुपयोग गर्नु स्वाभाविक मानिन्थ्यो । तर जब विश्वमा प्रजातान्त्रिक मूल्य र मान्यताको विस्तार सुरु भयो, तब सार्वजनिक पदमा हुनेले सार्वजनिक हितविपरीत निजी स्वार्थका लागि काम गर्नुलाई अस्वाभाविक मान्न थालियो ।
यस प्रकार प्रजातन्त्रको अठारौं शताब्दीमा आधुनिक युग सुरु भएसँगै सार्वजनिक निकायमा हुने व्यक्तिलाई निजी स्वार्थको प्रभावमा अनुचित निर्णय लिन रोक्नुपर्छ भन्ने मान्यता सुरु भयो । यही मान्यतालाई नै आज आएर स्वार्थको द्वन्द्वको व्यवस्थापनको अवधारणा भनेर बुझिन्छ ।
स्वार्थको द्वन्द्वको व्यवस्थापनको...