जनगणनाका लागि छाङरु र टिंकर पुग्दै नेपाली टोली

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि टोली प्रस्थान गरेको छ । जनगणनाका लागि उक्त स्थनामा जान भारतले नदिएपछि जनगणना टोली नेपाली भूमि हुँदै गएको हो । छाङरु र टिंकर गाउँमा पुग्नका लागि नेपाली भारत हुँदै जान सहज छ । तर भारतीय भूमि हुँदै जान एसएसबीले अवरोध गरेको थियो ।

नेपाली भूमि हुँदै गएको जनगणना टोली दुम्लिङ बताइएको छ । कात्तिक २५ बाटै जनगणनाका लागि खटिएका टोली छाङरु र टिंकरपुग्न भने सकिरहेका छैनन् ।

नेपाली भूमिको बाटो अत्यन्तै असहज भएको स्थितीमा पनि शुक्रबार दुम्लिङ टोली दुम्लिङ पुगेको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरामा भारतीय सुरक्षाकर्मीले कडाइ गरिरहेका छन् ।

व्यासकै वडा- १ को नेपाली भूमि कुटी, नाभी र गुञ्जी भारतीय सेना परिचालन गरिएको छ भने याता टिंकर र छाङरुमा भने नेपाली सुरक्षाकर्मी रहेका छन् ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..