विश्वकपको मुखमा अफगानिस्तानले असगर अफगानलाई कप्तानबाट हटायो, ३ नयाँ कप्तान

काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो टेस्ट, एकदिवसीय र टि–२० का कप्तान असगर अफगानलाई तीनै किसिमका खेलको कप्तानबाट हटाएको छ । आज बोर्डले तीनै फम्र्याटको कप्तानबाट असगरलाई हटाउँदै ३ फम्र्याटका लागि ३ नयाँ कप्तान नियुक्त गरेको छ । नवनियुक्त तीनै जना कप्तान ३० वर्ष मुनिका छन् । असगर हालै ३१ वर्ष पूरा भएका थिए ।

अफगानिस्तान क्रिकेट बोर्डले फरक फम्र्याटमा फरक नीति अबलम्बन गर्दै टि–२० को कप्तानमा राशिद खान, एकदिवसीयको कप्तानमा गुलाबदिन नाइब र टेस्टको कप्तानमा रहमत शाहलाई नियुक्त गरेको हो । अब इङल्याण्डमा हुने एकदिवसीय विश्वकपमा गुलाबदिन नाइब कप्तान हुनेछन् । बोर्डले राशिद खानलाई एकदिवसीयको उपकप्तान बनाएको छ । टि–२० को उपकप्तान शफिकुल्लाह शफिक र टेस्टको उपकप्तान हशमतुल्लाह शहिदी नियुक्त भएका छन् ।

विश्वकपमा अफगानिस्तानको नेतृत्व गर्ने जिम्मेवारी पाएका २८ वर्षीय अलराउण्डर गुलाबदिन नाइबले अहिलेसम्म राष्ट्रिय टिमको कप्तानी गरेका छेनन् । नाइबले अफगानिस्तानको लागि ५२ एकदिवसीय खेलेर ८०७ रन बनाउनुका साथै ४० विकेट लिएका छन् । उनले ३८ टि–२० अन्तर्राष्ट्रियमा ४३२ रन र ९ विकेट लिएका छन् । नाइबले अहिलेसम्म टेस्ट भने खेलेका छैनन् ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..