पाँच जना स्टार खेलाडी म्यानचेस्टर युनाइटेड छोड्ने तयारीमा

म्यानचेस्टर युनाइटेडले नयाँ वर्षसँगै सानदार खेल खेल्दै आइरहेको छ । यसबीच उसले आफूलाई पुन च्याम्पियन्स लिगका लागि दाबेदारी प्रस्तुत गरिरहेको छ । तर, क्लबमा रहेका केही खेलाडीहरुलाई लिएर प्रशिक्षक ओले गनर सोल्सायर अति नै चिन्तित रहेका छन् ।

उनीहरुले आफुले चाहेजस्तो खेल प्रदर्शन गर्न नसकिरहेको उनको भनाइ रहेको छ । मिडिया रिपोर्टका अनुसार एलेक्सिस सान्चेज, एण्डर हेरेरा, जुयन माटा, माटियो डार्मियन, मार्कोस रोजो र एन्टोनियो भ्यालेनसिया जस्ता खेलाडीहरु क्लव छाड्ने तयारीमा छन् ।

उनीहरुको क्लवसँग अझै केही वर्ष सम्झौता बाँकी छ तर, उनीहरु क्लबमा खुसी नरहेको कुरा बाहिर आइरहेका छ । फुटबल समीक्षकहरुका अनुसार उनीहरु क्लब छोड्ने तयारीमा रहेका छन् । तर, उनीहरुको विकल्पमा को खेलाडीहरु कुन सक्छन् यो पनि ओलेको टाउको दुखाईको विषय बनेको छ । उनीहरुले क्लब छोड्ने निश्चित जस्तै रहेको छ तर, उनीहरुको विकल्पमा स्तरीय खेलाडी भने नपाएको क्लबको दुखेसो रहेको छ ।

मिडिया रिपोर्टका अनुसार म्यानयुले रियल मड्रिडका डिफेण्डर राफायल भराने र कालिदोउ कोलीबेलीलाई अनुबन्ध गर्न चाहेको छ । त्यस्तै क्रिस्टल प्यालेसका एरोन वान बिसाखा पनि म्यानयुको नजरमा परेका खेलाडी हुन् । म्यानयुले एट्लेटिको मड्रिडका स्टार खेलाडी साउल निगुइजलाई पनि अनुबन्ध गर्न चाहेको बताइएको छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..