कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौ । नेपाली कांगे्रसको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।

सभापति शेरबहादर देउवाले आज बस्ने केन्द्रिय समिति बैठकमार्फत पार्टिका कार्यसम्पादन समिति गठन गर्ने तयारी गर्नुभएको छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहविच हिजो कार्यसम्पादन समिति बनाउने विषयमा सहमति जुटेपछि आज बस्ने बैठकमार्फत सभापति देउवाले समिति गठन गर्न लाग्नुभएको हो ।

बैठकमा संसदीय बोर्ड गठन, केन्द्रिय विभागका संयोजक चयन लगाएका विषयमा छलफल हुन सक्ने केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिनुभयो । यस्तै कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी पनि गरेको छ ।

हिजोको शीर्ष नेताहरुको बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे बताउनुभएको  थियो । प्रस्तावित कार्यक्रम अनुसार मध्य बैशाखबाट सुुरु हुने जागरण अभियान तीन चरणमा हुनेछ र वर्षभर चल्ने बताईएको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..