पराजुलीको नयाँ गीत ‘आँखा’ सार्वजनिक

अकाठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।

भिडियोमा टेकेन्द्र शाहको निर्देशन छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बु फिचर्ड छन् । भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन तथा कलर ग्रेडिङ छ । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..